१३ पुष, काठमाडौँ । भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदै छ । गृह मन्त्रालय दिल्लीले निगमबोध घाटमा ११ बजेर ४५ मिनेटमा डा. सिंहको अन्तिम संस्कार गर्नेछ ।
भारतीय सञ्चारमाध्यमका अनुसार उनको पार्थिव शरीरको अन्तिम संकार पुर्व एक घण्टाको लागि कांग्रेस कार्यालयमा राखिनेछ । जहाँ ८बजेर ३० मिनेट देखि ९ बजेर ३० मिनेट सम्म कांग्रेस कार्यकर्ता र आम मानिसहरुले उनलाई श्रद्धांजलि दिनेछन ।
Advertisement
यस पश्चात उनको अन्तिम यात्रा निकालिनेछ ।
सन् २००४ देखि २०१४ सम्म प्रधानमन्त्रीको कार्यभार सम्हालेका सिंहको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय भएको हो ।
Advertisement
सिंहको बिहीवार राति ९२ वर्षको उमेरमा निधन भएको हो । उनको निधनमा सरकारले सात दिनको राजकीय शोक मनाउने घोषणा गरेको छ । शोक आउँदो जनवरी १ तारिखसम्म मनाइनेछ । त्यस्तै राष्ट्रिय झण्डा आधा झुकाइनेछ ।
टिप्पणीहरू