Close sidebar
  • ताजा
  • लोकप्रिय
  • वैदेशिक रोजगारको प्रलोभनमा पारेर ठगी गर्ने २ जना पक्राउ

    २ असोज, काठमाडौँ । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी दुबई, अल्बानिया लगायतका देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरूमा स्याङजा वालिङ नगरपालिका-१ घर भई काठमाडौं नागार्जुन नगरपालिका-२ बस्ने २८ वर्षीय राजन अर्याल र झापा बाह्रदशी गाउँपालिका-७ घर भई भक्तपुर मध्यपुर थिमी नगरपालिका-३ गठ्ठाघर बस्ने ४६ वर्षीय जय नारायण राजवंशी रहेका छन् ।

    Advertisement

    पक्राउ मध्ये राजनले एक जना पीडितबाट ३ लाख रूपैयाँ र जय नारायणले एक जना पीडितबाट ५ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले राजनलाई काठमाडौं नागर्जुन नगरपालिका-२ बाट र जय नारायणलाई भक्तपुर गठ्ठाघरबाट पक्राउ गरेको केन्द्रीय प्रहरीले जनाएको हो ।

    उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »