२ असोज, बाँके । बाँकेको बैजनाथ गाउँपालिकाको समन्वय तथा ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा नेपालगञ्जको आयोजनामा कान सम्बन्धि शिविर सम्पन्न भएको छ ।
बैजनाथ गाँउपालिका वडा नं. ५ बनकट्वामा सम्पन्न भएको कान स्वास्थ्य शिविरमा एक सय ५१ जना स्थानीयहरुले लाभ लिएका सामान्य कान चिकित्सक तथा आउटरिच इन्चार्ज भीषण थारुले जानकारी गराए । उनका अनुसार यो संख्या मध्ये महिला एक सय छ जना रहेका छन ।
Advertisement
ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवाको प्राविधिक सहयोग सहित सामान्य कान चिकित्सक तथा आउटरिच इन्चार्ज भीषण थारु र सामान्य कान चिकित्सक सीता थारुले कान चेकजाँच गरेका थिए ।
स्वास्थ्यकर्मी अनुसार यो संख्या मध्ये २३ जना कान पाक्ने, १५ जना कानेगुजी र २५ जना काने ढुसीको समस्या देखिएको हो ।
















टिप्पणीहरू