Close sidebar
  • ताजा
  • लोकप्रिय
  • कर्णाली राजमार्ग फेरी अवरुद्ध

    प्रतिकात्मक तस्बिर

    २७ भदौ, सुर्खेत । कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । अविरल वर्षाले कर्णाली राजमार्ग अन्तर्गत कालीकोटको शुभकालिका गाउँपालिका-१ स्थित गगनेखोला र एसमोडमा आएको पहिरोले सडक पूर्ण रुपमा अवरुद्ध भएको हो ।

    जुम्ला स्थित सडक डिभिजन कार्यालयका सूचना अधिकारी वीरबहादुर जिटीका अनुसार उक्त राजमार्गमा निरन्तर पहिरो खस्दा आवागमनमा कठिनाइ भएको छ ।

    Advertisement

    सडकको अवस्था बुझेर मात्र यात्रा गर्न सर्कुलर गरिएको छ । प्रहरी अनुसार लगातार भईरहेको भारी वर्षाले पहिरो पन्छाउन समस्या भएको छ ।

    सडक अवरुद्ध हुँदा सवारीसाधन र यात्रु अलपत्र परेका छन् ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »