Close sidebar
  • ताजा
  • लोकप्रिय
  • यी स्थानमा रातिदेखि नै हल्कादेखि मध्यम वर्षा हुदैँ

    फाइल तस्बिर

    २७ भदौ, काठमाडौँ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक, दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको छ ।

    मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिन अनुसार आज बेलुका देखि पर्सि शनिवार बिहान सम्म कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटी, बैतडी, अछाम, बर्दिया र सुर्खेतमा ठूलो पानी पर्न सक्ने सम्भावना छ ।

    Advertisement

    ठूलो पानी पर्ने ठाउँमा बाढी, पहिरो, डुवान तथा गेग्रान बहावको जोखिम रहेकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।

    कोशी, बाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा रातिदेखि नै हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

    Advertisement

    सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशका केही ठाउँमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा हुरीबतास सहित ठूलो वर्षाको सम्भावना छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »