१३ भदौ, काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज बस्ने भएको छ । पार्टी कार्यालय च्यासलमा दिउँसो १ बजेका लागि बैठक डाकिएको हो ।
प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा पार्टीको वार्षिक कार्ययोजना र समसामयिक राजनीतिक प्रस्ताव, सरकारको कामको समीक्षा गरिनेछ ।
Advertisement
यस्तै, तेस्रो चरणको पार्टीको सांगठनिक कार्यक्रम सार्वजनिक गर्ने विषयमा छलफल केन्द्रित हुने बुझिएको छ ।
टिप्पणीहरू