Close sidebar
  • ताजा
  • लोकप्रिय
  • प्रतिनिधिसभा बैठकमा मन्त्रीहरूले सांसदको प्रश्नको जवाफ दिने

    ११ भदौ, काठमाडौँ । आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा मन्त्रीहरूले सांसदको प्रश्नको जवाफ दिने कार्यसूची छ ।

    बैठकमा स्वास्थ्य तथा जनसंख्या, वन तथा वातावरण र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय सम्बन्धी मौखिक प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिने संसद सचिवालयले जनाएको छ ।

    Advertisement

    बैठकको शुरुमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची छ ।

    यस्तै ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले जानकारी गराउनेछन ।

    Advertisement

    अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘धितोपत्र सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१’ प्रस्ताव प्रस्तुत गर्नेछन् ।

    सभामुख देवराज घिमिरेले पूर्वसांसद् तथा राज्यमन्त्री रामचन्द्र राय यादवको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने संसद सचिवालयले जनाएको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »