Close sidebar
  • ताजा
  • लोकप्रिय
  • बंगलादेशमा चिकित्सा अध्ययनरत विद्यार्थीको इन्टर्नसीप नेपालमै गराउन समिति गठन

    ३० साउन, काठमाडौँ । बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थीको इन्टर्नसीप नेपालमै गराउन पहल थालिएको छ । चिकित्सा शिक्षा अध्ययनरत नेपाली विद्यार्थीहरुको इन्टर्नसीप नेपालमै गराउने विषयमा समिति गठन गरिएको छ ।

    शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईको नेतृत्वमा बसेको बैठकले चिकित्सा शिक्षा आयोगका निर्देशक प्राडा सुजनबाबु मरहठ्ठाको संयोजकत्वमा ९ सदस्यीय अध्ययन समिति गठन गरेको हो ।

    Advertisement

    समितिको सदस्यहरुमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रतिनिधि, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रतिनिधि, परराष्ट्र मन्त्रालय प्रतिनिधि, नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार, त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका डीन, काठमाडौँ विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेजका डीन, त्रिवि पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक रहनेछन् । समितिको सदस्य सचिव शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव रहनेछन् ।

    गठित समितिले बंगलादेश स्थित विभिन्न शिक्षण संस्थामा चिकित्सा शिक्षाको एमबीबीएस र बीडीएस कार्यक्रममा अध्ययनरत नेपाली विद्यार्थीहरुको विवरण तयार गर्नेछ । समितिले अवस्था अध्ययन पछि सरकारले गर्नुपर्ने कार्यहरु सहित १० दिनभित्र प्रतिवेदन बुझाउनेछ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »