Close sidebar
  • ताजा
  • लोकप्रिय
  • राष्ट्रिय सहमतिको सरकार गठनका लागि मार्ग प्रशस्त गर्न प्रधानमन्त्रीलाई आह्वान

    १९ असार, काठमाडौँ । नेकपा (एमाले)ले राष्ट्रिय सहमतिको सरकार गठनका लागि मार्गप्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आह्वान गरेको छ ।

    अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा मंगलबार बसेको पार्टीको सचिवालय बैठकले प्रधानमन्त्री ‘प्रचण्ड’लाई राष्ट्रिय सहमतिको सरकार गठनका लागि मार्गप्रशस्त गर्न आह्वान गर्ने निणर्य गरेको हो ।

    Advertisement

    बैठकले संसदका दुई ठुला दल नेकपा (एमाले) र नेपाली कांग्रेस देशका समस्या समाधान गर्न नयाँ राष्ट्रिय सहमतिको सरकार गठन गर्ने समझदारीमा पुगेको विषयलाई स्वागत र समर्थन गरेको छ ।

    साथै, अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने राष्ट्रिय सहमतिको सरकारमा सहभागी हुन सबै राजनीतिक दलहरूलाई आह्वान गर्ने निणर्य बैठकले गरेको उपमहासचिव प्रदीप ज्ञवालीले बताए । बैठकमा अध्यक्ष ओलीले नयाँ विकास भएको राजनीतिक घटनाक्रमका बारेमा जानकारी गराएको उनले बताए ।

    Advertisement

    बैठकको निणर्यबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा उपमहासचिव ज्ञवालीले नेकपा (एमाले)ले वर्तमान सत्ता समीकरणलाई नै २०८४ को निर्वाचनसम्म अगाडि बढाउन चाहेको अवस्थामा प्रधानमन्त्री स्वयंले गत साता वैकल्पिक सरकारको वहस शुरू गरेपछि आजको नयाँ परिस्थिति सिर्जना भएको बताए ।

    उनले भने, ‘यो प्रधानमन्त्री स्वयंले निम्त्याएको अविश्वासको परिणाम हो ।’

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »