६ जेठ, कैलाली । मालपोत कार्यालय टीकापुरका तत्कालीन कार्यालय प्रमुख मोहन स्नेही रसाईली र नापी कार्यालय टीकापुरका तत्कालीन कार्यालय प्रमुख एवं नापी अधिकृत मान बहादुर चन्द सहित ८ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको आरोपमा आरोप-पत्र दायर गरिएको छ ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालले आइतबार विशेष अदालतमा ८ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।
Advertisement
तत्कालीन प्रमुख मोहन स्नेही रसाइली, नायब सुब्बा अग्नीबहादुर शाही, नापी अधिकृत मानबहादुर चन्द र सर्भेक्षक दशरथ मण्डलविरूद्ध मुद्दा दायर भएको छ।
यस्तै, साबिक नारायणपुर-८ को कित्ता नं. ९०८ को जग्गा आफ्नो नाममा जग्गाधनी दर्ता प्रमाणपूर्जा बनाउने विन्द्रा रावल, कमलबहादुर रावल, सुशिलबहादुर रावल र बिमलबहादुर रावलविरूद्ध मुद्दा दायर भएको हो ।
Advertisement
कैलालीको साबिक नारायणपुर-८ अन्तर्गतको कित्ता नं. ९०८ अन्तर्गतको क्षेत्रफल १५-०-० बिगाह जग्गा फिल्डबुकमा जंगल भनेर कायम भएको छ। त्यसलाई कित्ताकाट गरी मालपोत कार्यालय टिकापुरबाट २०६८ सालमा व्यक्तिको नाममा कायम गरेको भन्दै अख्तियारमा निवेदन परेको थियो ।
साविक नारायणपुर गा.वि.स. वडा नं. ८ को फिल्डबुकमा बि.सं. २०२१ सालमा जंगल जनिइसकेको कित्ता नं. १३९ बाट कित्ताकाट भई जंगल नै कायम रहेको कित्ता नं. ३५१ को क्षेत्रफल २७-१४-१७ ज.वि. सरकारी सार्वजनिक जग्गामध्येबाट कित्ताकाट गरी स्रेस्ता पूर्जा कायम गराउने उद्देश्यका साथ फिल्ड प्रतिवेदन तथा कित्ताकाटको लागि नापी कार्यालय, टीकापुरलाई पत्राचार गरी नापी कार्यालय टीकापुरबाट उक्त कित्ता नं. ३५१ को क्षेत्रफल २७-१४-१७ ज.बि.बाट कित्ताकाट गरी/गराई कायम कित्ता नं. ९०८ को क्षेत्रफल १५-०-० ज.वि. जग्गा व्यक्तिको नाममा जग्गाधनी स्रेस्ता पूर्जा बनाउन निणर्यार्थ टिप्पणी उठान गरी सदर/निणर्य गरी हकभोगको जग्गा भन्ने बनाई गैरकानूनी तवरबाट जंगलको नाममा रहेको सरकारी सार्वजनिक जग्गा व्यक्ति विशेषको नाममा गरेको आयोगमा प्रवक्ता नरहरि घिमिरेले जानकारी गराए ।
Advertisement
घिमिरेका अनुसार उक्त जग्गाको दर्ता स्रेस्ता सम्बन्धी सम्पूणर् कागजातहरु कार्यालयको अभिलेखबाट समेत नष्ट गरेको पुष्टि हुन आएको हो । आ.व. २०८०/२०८१ को मालपोत कार्यालय टीकापुरको न्यूनतम मूल्यांकन पुस्तिकामा उल्लेखित रु.२४,०६,६९,०००।- सार्वजनिक सम्पत्तिको हानिनोक्सानी पुर्याएको हुँदा मोहन स्नेही रसाईली र अग्नी बहादुर शाहीले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ज) तथा ऐ.ऐ.ऐनको दफा १२ बमोजिम कसुर गरेको देखिएको आयोगले जनाएको हो ।
उनीहरुलाई बिगो रु. चौबीस करोड छ लाख उनान्सत्तरी हजार कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम कैद तथा बिगो बमोजिमको जरिवाना गरी उक्त बिगो असुल उपर हुन साथै ऐ.ऐ. ऐनको दफा १२ बमोजिम कैद र जरिवाना समेत हुन मागदाबी लिइएको छ ।
टिप्पणीहरू