Close sidebar
  • ताजा
  • लोकप्रिय
  • बल्ब लगाउने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु

    ३१ बैशाख, झापा । होल्डरमा बल्ब लगाउने क्रममा करेन्ट लागेर एक महिलाको ज्यान गएको छ । झापाको कन्काई नगरपालिका-२ स्थितमा करेन्ट लागेर एक जना महिलाको मृत्यु भएको हो ।

    आइतबार बेलुका साढे ६ बजे आफ्नै घरमा होल्डरमा बल्ब लगाउने क्रममा अचानक करेन्ट लाग्दा २३ बर्षीय मिना घाईते भएकी कोशी प्रदेशका प्रहरी उपरीक्षक एवं सूचना अधिकारी प्रवक्ता सुमन कुमार तिम्सिनाले जानकारी दिए ।

    Advertisement

    उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोड लागिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको हो । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट थप अनुसन्धान भईरहेको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »