२६ बैशाख, काठमाडौँ । सामाजिक सञ्जाल फेसबुक मार्फत नाबालिकाको चरित्रहत्या गरेको अभियोगमा एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । भक्तपुर नगरपालिका-४ काहालान्च घर भएका २८ वर्षीय पुरूषलाई प्रहरीले पक्राउ गरेको छ ।
नाबालिकाले फेसबुकमा पोष्ट गरेका तस्विरलाई अश्लिल तस्विरमा अनुहार जोडी अश्लिल गतिविधि युक्त कन्टेन्ट लेखेर फेक फेसबुक आईडीमा पोष्ट गरी चरित्र हत्या गरेको प्रहरी कार्यालयमा उजुरी परेको थियो ।
Advertisement
पीडितको उजुरीको आधारमा नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले प्रारम्भिक अनुसन्धान तथा प्राविधिक विश्लेषण गर्ने क्रममा उनी विद्यालयका शिक्षक खुल्न आएका ती पुरूषको संलग्नता पुष्टि भएपछि उनलाई भक्तपुरबाट पक्राउ गरेको हो ।
उनी उपर काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद अनुमति लिई विद्युतीय कारोबार ऐन, २०६३ बमोजिमको कसूरमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।
टिप्पणीहरू