१५ बैशाख, बाँके । फुड सप्लीमेन्ट एवं कस्मास्यिुटकल्स व्यावसायीले बाँकेको राप्तीसोनारी गाँउपालिका स्थित रहेको बाल संरक्षण केन्द्रमा रहेका बालबालिकालाई सहयोग गरेका छन ।
फ्यान क्यान लुम्बिनी प्रदेशका अध्यक्ष विजेन्द्र सिंह ठकुरीको उपस्थितिमा बाल संरक्षण केन्द्रमा रहेका बालबालिकाहरुलाई सहयोग गरेको सहकोषाध्यक्ष रामदिन मोदीले नाईल खबरलाई जानकारी गराए ।
Advertisement
फुड सप्लीमेन्ट एवं कस्मास्यिुटकल्स व्यवसायीहरुको छातासंगठन फ्यान क्यान सदस्यहरुको संरक्षण संगै विभिन्न सामाजिक कार्यहरु पनि गर्दै आइरहेको छ ।
फ्यान क्यानले आज बालबालिको शिक्षालाई प्रमाथमिकता राखेर शैक्षिक सामाग्र्री एवं खाद्यान सहयोग गरेको हो ।
Advertisement
सहकोषाध्यक्ष मोदीका अनुसार खाद्यान, शैक्षिक सामाग्रीः स्कुल व्याग र स्कुलको पोशाक सहयोग गरेको हो ।
उनले भने, ‘हाम्रो कदम सामाजिक क्षेत्रमा पनि छ । जिल्लाको विकट क्षेत्रमा रहेको उक्त बाल संरक्षण केन्द्र सदरमुकामबाट अलि पर रहेकोले कसैको त्यत्ति ध्यान पुग्दैन । हामीले उक्त बाल संरक्षणलाई संरक्षण गर्न आफ्नो तर्फबाट एक कदम अगाडि बढाएका छौं ।’
Advertisement
उनले थप भने, ‘उक्त शैक्षिक सामाग्रीले बालबालिकाको शैक्षिक स्तर केही हद सम्म सुधार गर्नेछ र उनीहरुको भविष्यमा टेवा पु¥याउनेछ ।’
नेपालगञ्ज वरपर असहाय बालबालिका, जेष्ठनागरिकलाई संरक्षण गर्न विभिन्न संघ संस्था छन तर विकट क्षेत्रमा रहेको उक्त बाल संरक्षणका लागि खासै त्यत्ति ध्यान नपुगेको गुनासो छ ।
Advertisement
बालबालिकाहरु नयाँ पोशाक पाएपछि उनीहरु खुसी भएका छन । अब उनीहरु पोशाकमा विद्यालय गएर पढ्न पाउनेछन ।
बाल संरक्षण केन्द्रमा करिब १४ जना बालबालिका रहेका छन ।
व्यावसायीले बाल संरक्षण केन्द्रमा रहेका बालबालिकाहरुको भविष्य सुधार गर्न र संरक्षण गर्न सरकार र विभिन्न सामाजिक संघ संस्थाहरुले ध्यान दिनुपर्ने जोड दिएका छन ।
टिप्पणीहरू