Close sidebar
  • ताजा
  • लोकप्रिय
  • नेपालगञ्ज ६ मा पाठेघर सम्बन्धि शिविर

    ३० चैत्र, बाँके । बाँकेको नेपालगञ्जमा पाठेघर सम्बन्धि शिविर सञ्चालन भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ६ मा रहेको शहरी स्वास्थ्य केन्द्रमा एक दिने शिविर सञ्चालन गरिएको हो ।

    विपन्न वर्गका दलित तथा मुस्लिम महिलाहरुको पाठेघर मुखको क्यान्सर चेकजाँच सम्बन्धि शिविर सञ्चालन गरिएको वडाध्यक्ष समिर प्रताप सिंहले जानकारी गराए ।

    Advertisement

    सशक्त महिला सेल नेपालगञ्जको आयोजना, नेपाल परिवार नियोजन संघ बाँकेको आर्थिक सहयोग र नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ६ को सहकार्यमा उक्त कार्यक्रम आज विहान सञ्चालन गरिएको हो ।

    उक्त कार्यक्रममा सम्बोधन गर्दै वडाध्यक्ष सिंहले यो शिविर फलदायी र अत्याधिक रुपमा यस क्षेत्रका महिलारुले सेवा लिने बताएका छन । उनले आउने दिनहरुमा पनि यस प्रकारको कार्यक्रम स्थानीय स्तरमा ल्याउने प्रतिबद्धता समेत गरेका छन । पाठेघर सम्बन्धि क्यान्सर बढेको हुनले आफुहरु चिन्तित भएर स्वास्थ्य लक्षित कार्यक्रम ल्याउने बताएका छन ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »