Close sidebar
  • ताजा
  • लोकप्रिय
  • डुडुवा २ र ५ को स्वास्थ्य संस्थालाई किशोर–किशोरी मैत्री घोषणा

    ७ चैत्र, बाँके । बाँकेको डुडुवा गाउँपालिका वडा नं २ र ५ को स्वास्थ्य संस्थालाई लुम्बिनी प्रदेश तथा जिल्लाको पहिलो किशोर–किशोरीमैत्री घोषणा गरिएको छ ।

    स्वास्थ्य सेवा संचालन निर्देशिका २०७९ अनुसार डुडुवाको २ र ५ नम्बर वडामा रहेको स्वास्थ्य संस्थालाई प्रदेश तथा जिल्लाको पहिलो किशोर–किशोरीमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको हो ।

    Advertisement

    डुडुवा गाउँपालिका कार्यालयको प्रशासनिक भवनमा बुधबार एक समारोहकाबीच निर्देशिका बमोजिम तोकिएको मापदण्डका आधारमा वडा नं २ को बेतहनी स्वास्थ्य चौकी र वडा नं ५ को कम्दी स्वास्थ्य चौकीलाई औपचारिक रुपमा घोषणा गरिएको छ ।

    दुबै स्वास्थ्य संस्थाले निर्देशिका बमोजिम ९८ प्रतिशत सूचक पुरा गरेका छन् । यु एस ए आइ डीको सहयोगमा भेरी वातावरणीय बिशिष्टता समूह (बिग्रुप) र डुडुवाको सहकार्यमा संचालित किशोर–किशोरीमैत्री प्रजनन स्वास्थ्य परियोजनामार्फत डुडुवाका अध्यक्ष नरेन्द्र चौधरीको अध्यक्षतामा घोषणा गरिएको हो ।

    Advertisement

    समारोहमार्फत घोषणा भएका स्वास्थ्य संस्थालाई प्रमाणपत्र बितरण गरिएको थियो भने पालिकामा परियोजनामार्फत अह्म भूमिका निर्वाह गरेको भन्दै बिग्रुपलाई समेत सम्मान पत्र प्रदान गरिएको छ । गाउँपालिका अध्यक्ष चौधरीले सो सम्मान पत्र प्रदान गरेका छन ।

    समारोहमा वडा नं १ का वडाअध्यक्ष पाटेश्वर कुर्मी, वडा नं ५ का वडाअध्यक्ष झंक बहादुर थापा, स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगद बहादुर शाही, किशोरकिशोरीमैत्री फोकल पर्सन बिष्णु श्रेष्ठ, पालिकाका स्वास्थ्य शाखा प्रमुख हेमन्त किशोर शर्मा, शिक्षा, युवा तथा खेलकुद शाखा प्र्रमुख सन्जय कर्ण, यु एस ए आइ डीकी लुम्बिनी प्रदेश प्रतिनिधि भावना अधिकारी तथा बिग्रुपका कार्यकारी निर्देशक डम्मर सुनार लगायतको उपस्थिति रहेको थियो ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »