Close sidebar
  • ताजा
  • लोकप्रिय
  • बढैयातालमा निःशुल्क स्वास्थ्य शिविर, ४०० बढीले पाए सेवा

    ३० फाल्गुन, बर्दिया । बर्दियाको बढैयाताल गाँउपालिकामा निःशुल्क आँखा, कान तथा बृहत रक्तदान शिविर कार्यक्रम गरिएको छ । नेपाल रेडक्रस सोसाइटी बढैयाताल उपशाखाको आयोजनामा शिविर सञ्चालन गरिएको हो ।

    बढैयाताल गाँउपालिकाको सहकार्य र नेपाल रेडक्र सोसाईटी बर्दियाको प्राविधिक सहयोगमा सञ्चालन गरिएको शिविरमा ४०० जना बढीले स्वास्थ्य सेवा पाएका गाँउपालिकाका प्रशासकीय अधिकृत अर्जुन सुवेदीले जानकारी दिए ।

    Advertisement

    उनका अनुसार आँखा सम्बन्धि १ सय ८३ महिला र ९० जना पुरुष गरी २ सय ७३ जनाले सेवा पाएका हुन । यस्तै, कान सम्बन्धि ८६ महिला र ४८ पुरुष गरी १ सय ३४ जनाले सेवा पाएका हुन ।

    यस्तै, १९ जना दाताहरुले रक्तदान जिवन दान भन्ने मुल मन्त्र सहित रक्तदान गरेका थिए ।

    Advertisement

    उक्त शिविरमा कालिका सामुदायिक पुस्तकालय, साना किसान कृषि सहकारी संस्था लि., कालिका बचत ऋण सहकारी संस्था लि., श्री जय कालिका माध्यामिक विद्यालय, श्री विद्याज्योती नमूना माध्यामिक विद्यालय लगायतका संस्थाहरुको आर्थिक सहयोग रहेको आयोजकले जनाएको हो ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »