Close sidebar
  • ताजा
  • लोकप्रिय
  • ७ औं नेपालगञ्ज महोत्सव चैत्र ६ गते देखि सञ्चालन हुने

    २९ फाल्गुन, बाँके । नेपालगञ्जमा सातौ औद्योगीक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं प्रर्यटन महोत्सव आयोजना हुने भएको छ ।

    नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके एवम महिला उद्यमी समितिको मुख्य आयोजना र नेपाल घरेलु तथा साना उद्योग महासंघ नेपालगञ्ज उप–महानगर समितिको सह-आयोजनामा यही चैत्र ६ गतेदेखि चैत्र १८ सम्म महोत्सव आयोजना गर्न लागिएको मुल समिति संयोजक मधु खड्काले जानकारी गराईन ।

    Advertisement

    ‘मेहनत, सुजना, उत्पादन र वस्तुः मेरै नेपालको’ भन्ने मूल नाराका साथ नेपालगन्ज वाटरपार्क परिसरको खुल्ला मैदानमा १३ दिन सम्म महोत्सव सञ्चालन रह्ने आयोजकले जनाएको होे ।

    संयोजक मधु खड्काले संघको स्थापनाकालको स्मरण गराउदैँ भनिन्, ‘नेपाल घरेलु तथा साना उद्योग महासंघ २०४७ सालमा स्थापना भएको लघु घरेलु तथा साना उद्योगहरुको छाता संगठन हो । यस महासंघ भित्र उद्यम तथा व्यवसाय गरिरहेका महिलाहरुको छुट्टै समिति पनि हुने गर्दछ । यसले आफ्नो स्थापना कालदेखि नै उद्यमीहरुको औद्योगिक क्षमता बिकास र विपन्न एवं बेरोजगार व्यक्तिहरुलाई स्वरोजगार तथा रोजगारको सुजना गर्दै जार्थिक विकासमा अहम भूमिका निर्वाह गर्दै आएको छ ।’

    Advertisement

    उक्त महोत्सवमा २ सय ५० देखी ३ सय वटा नविनतम प्रविधिजन्य उत्पादनहरु, महिला तथा स्थानीय स्तरमा उत्पादित बस्तुहरु मेलाको प्रमुख आकर्षण रहने बताइएको छ ।

    यस्तै, स्थानीय स्रोतको सदुपयोग गरि उत्पादन गरिएका लघु घरेलु तथा साना उद्योगहरुको उत्पादित बस्तुहरुको दिगो बजार पहुँच स्थापित गर्ने यस महोत्सवको उद्देश्य रहेकोले देश भित्रका सबै प्रकारका उत्पादन मुलक उद्योगका अलावा कृषि, वनपैदावार, हस्तकला, उर्जा, वायोग्यास, लगायत पर्यटन, औद्योगीक तथा व्यापारिक प्रतिष्ठान क्षेत्रका स्टलहरु रहने बुझिएको छ ।

    Advertisement

    यसका साथै महोत्सवमा चर्चित एबम् ख्याती प्राप्त राष्ट्रिय एवम् स्थानीय स्तरको सांस्कृतिक कार्यक्रम समेत रह्ने र मेला अवधि भरी संस्थाले एक लाख पचास हजार देखी दुई लाखसम्म दर्शक भित्र्याउने लक्ष्य लिएको जनाएको छ ।

    यस महोत्सवबाट नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा बाँके र महिला उद्यमी समितिले करिब २ करोड बराबरको आर्थिक कारोबार गर्ने अनुमान रहेको छ । यस महोत्सवबाट संकलित आम्दानीमा बचत गरी संस्थालाई आर्थिक रुपले सवल बनाउँदै यस क्षेत्रको समग्र सामाजिक गतिविधिमा प्रभावकारी भूमिका खेल्न सहयोग गर्ने लक्ष्य राखिएको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »