चुकन्दर स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । यसमा मस्तिष्क तथा शरीरलाई चलायमान राख्ने यस्ता धेरै गुणहरु पाइन्छन । जसले शरीर पूर्ण रुपमा सक्रिय हुन्छ ।
चुकन्दरको सेवनले रक्तचाप नियन्त्रण राख्नसमेत सकिन्छ । आज हामी तपाईलाई चुकन्दर यस्ता अचुक ५ गुणहरुबारे बताउँछौंः
Advertisement
मुटु स्वस्थ राख्न
चुकन्दर दैनिक खानाले मुटु स्वस्थ हुने अनुसन्धानहरुमा देखिएको छ । यसले मुटु चलाएमान राख्नुका साथै स्ट्रोक र हृदयघातको जोखिम कम गर्छ । चुकन्दरलाई जुस बनाएर पिउन सकिन्छ ।
रक्तचाप नियन्त्रण
यसको अर्को गुण रक्तचाप नियन्त्रण गर्नु पनि हो । एक अनुसन्धानले रक्तचाप भएको व्यक्तिले केही हप्ता सम्म दैनिक चुकन्दरको सेवन गरेमा रक्तचाप औसतमा पाँच मिलिमिटरले कम हुन सक्ने देखाएको छ ।
Advertisement
चुस्त–दुरुस्त मस्तिष्कको लागि चुकन्दर
चुकन्दरको सेवनले मस्तिष्क पनि चलायमान र स्वस्थ रहन्छ । चुकन्दरले शरीरको चाललाई नियन्त्रण गर्ने मस्तिष्कको भागमा कनेक्टिभिटी बढ्छ । अनुसन्धानका अनुसार चुकन्दरको जुस पिउनाले प्रिफ्रन्टल कोर्टेक्स (सबैभन्दा विकसित मस्तिष्क क्षेत्र) मा रक्तसञ्चार बढ्छ, जसले मस्तिष्कको क्षमता समेत बढाउँछ ।
शारीरिक क्षमतामा सुधार
यसै गरी यसको अर्को लाभदायिक गुण भनेको चुकन्दरले शारीरीक क्षमतामा सुधार ल्याउँछ । यसको सेवनले मांसपेशीहरूलाई अक्सिजन प्राप्त हुने गर्छ । जसले गर्दा शरीरले राम्रोसँग काम गर्छ ।
Advertisement
मुखभित्र ब्याक्टेरिया सन्तुलनमा राख्न
धेरै अध्ययन अनुसन्धानमा चुकन्दरको सेवनले मुखभित्र रहेका ब्याक्टेरियाहरुलाई सन्तुलनमा राख्न सहयोग गर्ने देखिएको छ । जसले रोग तथा ब्याक्टेरियाको स्तर कम गर्न मद्त गर्छ ।
टिप्पणीहरू