पुष्कर खड्का
३ पौष, रामेछाप । रामेछापको लिखु तामाकोशी गाउँपालिका–७ तिल्पुङ कटहरे स्थित नवदर्शन माध्यमिक विद्यालयका आइटी शिक्षक मानबहादुर सार्कीलाई प्रहरीले सोमवार पक्राउ गरेको छ ।
आफ्नै विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्रालाई शिक्षक सार्कीले गत मंसिर २६ गते विद्यालय समयपछि प्रश्नपत्र दिन्छु भनी अंकमाल गर्ने संबेदनसिल अङ्ग छुने जस्ता गतिविधि गरी ललाई फकाई पार्दै एकान्तमा लगेर यौन दुव्यवहार गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
Advertisement
शिक्षकबाट यस्तो ब्याहार भएपछि साथीहरूले र घरमा कुरा गरेर स्कुलमा निवेदन दिए । तर उल्टै गाली गरेको छात्रा बताउछिन्। शिक्षकले यौन दुव्र्यवहार गरेको घटना बाहिरिए पछि शिक्षक फरार भएको स्थानीयले बताएका छन् ।
उक्त घटना मंसिर २६ गते भएको र घटनालाई ढाकछोप गर्न बिधालयका प्र.अ. राजेन्द्र पौडेल मंसिर १ गतेसम्म लागेको र घटना बाहिरिए पछि शिक्षक सार्कीलाई सम्पर्क बिहिन बनाउने त्यस बिधालयको प्र.अ .पौडेल हुनसक्ने तिल्पुङका केही नागरिकहरुको अनुमान रहेको पिडितका आफन्तले बताए ।
Advertisement
शिक्षक फरार भएको थाहा पाएपछि पिडित पक्षले जिल्ला प्रहरी कार्यलयमा रामेछापमा आइतबार जाहेरी दर्ता गरेकी थिइन । सोही जाहेरीको आधारमा प्रहरीले शिक्षक सार्कीलाई पक्राउ गरी थप अनुसन्धान प्रक्रिया अघि वढाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक होमवहादुर पराजुलीले जानकारी दिए ।

















टिप्पणीहरू