पुष्कर खड्का
३ पौष, रामेछाप । रामेछापको लिखु तामाकोसी गाउँपालिकामा आफ्नै बुहारीलाई जबर्जस्ती करणी गर्ने ६९ वर्षिय ससुरा पक्राउ परेका छन । पक्राउ पर्नेमा लिखु तामाकोसि गाउँपालिका वडा नं – ५ का ६९ वर्षिय सुकमान तामाङ रहेका छन ।
आफ्नै बुहारी माथि तामाङले जबर्जस्ती करणी पछि फरार भएको र उनको खोजतलास गर्ने क्रममा प्रहरीले सोमबार मन्थलीमा फेला पारेर पक्राउ गरेको रामेछापका प्रहरी प्रमुख होम बहादुर पराजुलीले जानकारी दिए ।
Advertisement
उनका अनुसार पक्राउ परेका आरोपी तामाङलाई जिल्ला अदालतबाट म्याद थप गरि थुनामा राखि थप अनुसन्धान भैरहेको छ ।
















टिप्पणीहरू