Close sidebar
  • ताजा
  • लोकप्रिय
  • टिकटक बन्द गरे/नगरेको २४ घण्टाभित्र जवाफ दिन इन्टरनेट सेवा प्रदायकलाई निर्देशन

    १३ मंसिर, बाँके । टिकटक बन्द गरे/नगरेकोबारे २४ घण्टाभित्र नेपाल दूरसञ्चार प्राधिकरणले जवाफ दिन इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको छ ।

    नेपाल दूरसञ्चार प्राधिकरणले बुधबार सार्वजनिक सूचना जारी गर्दै २४ घण्टा भित्र टिकटक बन्द गर्ने निणर्य कार्यान्वयन भए नभएको बारे जानकारी दिन निर्देशन दिएको छ ।

    Advertisement

    यसअघि टिकटक बन्द गर्ने सरकारको निणर्य कार्यान्वयन गरी जानकारी गराउन सबै इन्टरनेट सेवा प्रदायकहरु र मोवाइल सेवा प्रदायकलाई निर्देशन दिए पनि अहिलेसम्म त्यसको जानकारी नआएकाले २४ घण्टा भित्र जानकारी दिन प्राधिकरणले निर्देशन दिएको हो ।

    यसअवधिमा जानकारी नदिने सेवा प्रदायकलाई दूरसञ्चार ऐन २०५३ अनुसार अनुमति पत्र खारेजीलगायतको कारबाही गर्ने चेतावनी दिएको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »