१९ असोज, बाँके । बाँकेको नेपालगञ्जमा लगाईएको निषेधाज्ञा उल्लंघन गर्ने चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सामाजिक सञ्जालमा लेखिएको विषयमा विवाद उत्पन्न भएपछि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा निषेधाज्ञा लगाइएको छ ।
जारी निषेधाज्ञा बीच आज दिउँसो २ः३० बजेको समयमा नेपालगञ्जको विपी चोकबाट निषेधाज्ञाको उल्लंघन गरेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले चार जनालाई पक्राउ गरेको जिल्ला प्रहरी बाँके प्रवक्ता डीएसपी नारायण डाँगीले जानकारी दिए ।
Advertisement
निषेधाज्ञा उल्लंघन गर्ने ३४ वर्षीय रियाज खान, २८ वर्षीय सहबाज, २३ वर्षीया ललिता पोरवाल र २६ वर्षीया शिला पोरवाललाई पक्राउ गरेको प्रवक्ता डाँगीले जानकारी दिए । उनीहरु उपर प्रचलित कानुन बमोजिम कारबाही हुने प्रहरीले जनाएको छ ।
निषेधाज्ञाको जानकारी हुदाँहुदैँ शुक्राबार दिउँसो जुमाको नमाज पढ्न समुहगत रुपमा मुस्लिम समुदाय बाहिर निस्किएका थिए । सोही बहानामा सडकमा केहीले नाराबाजी गरेपछि पुनः तनाव उत्पन्न भएको थियो । तर त्यहाँ तैनाथ प्रहरीको बाक्लो उपस्थितीका कारण अवस्था नियन्त्रणमा आएको थियो ।
Advertisement
तस्वीर : अजमत अलि

















टिप्पणीहरू