११ असोज, बाँके । नेपालगञ्ज स्थित निसान (NISSAN) को आधिकारिक विक्रेता देवमंगल इन्जिनियरिङ सो-रुममा लिफ निसान (LEAf-NISSAN) मोडेलको ईलेक्टोर्निक भेकल (EV) ल्याएको छ ।

एक पटक पूर्ण रुपमा चार्ज गरेपश्चात तीन सय ११ किलोमिटर दूरी तय गर्न सक्ने लिफ पूर्ण चार्ज हुन ४५ मिनेट देखि एक घण्टा समय लाग्ने गरी डिजाईन गरिएको देवमंगलका म्यानेजर हिरा भण्डारीले जानकारी गराए ।
Advertisement

६५ लाख पर्ने लिफ मोडेलको ईलेक्टोर्निक भेकलमा १ सय ५५ प्रति घण्टा दूरी तय गर्न सक्ने क्षमता रहेको भण्डारीले बताए । कम्पनीले लिफमा ४० के डब्लु एच व्याट्री क्षमता डिजाईन गरेको छ ।

म्यानेजर भण्डारीले नाईल खबरलाई उक्त मोडेलको थप जानकारी गराउदैँ भने, ‘यस लिफ मोडेलको ईलेक्टोर्निक भेकलमा आर १७ एलोए (R 17 Alloy Wheel) मिश्र धातुको आकार दिईएको छ । यसको अत्याधिक पावर १५० पिएस रहेको छ । कम्पनीले यसमा ५ जना मजाले बस्न मिल्ने सिट दिएको छ ।’
Advertisement

लिफको हाईग्राउण्ड किलियरेन्स १७० एम एम रहेको छ भने सुरक्षाको मापदण्ड समेत यो राम्रो रहेको भण्डारीले बताए । सुरक्षाको हिसाबले लिफमा ईविडि, एविएस, भिडिसि, हिल स्टार्ट एसिसिस्ट दिईएको छ ।
म्यानेजर भण्डारीका अनुसार यो सेडान वर्गमा यो कार पर्दछ । त्यस कारण यो लग्जरी गाडी रहेको भण्डारीले बताए ।
Advertisement




यस बाहेक देवमंगलले निसानको म्यागनेक (SUV), किक (SUV) मोडेलको कार पनि विक्रि गर्दै आएको छ भने प्यासेन्जरमा अर्भान एनभि ३५० समेत विक्रि वितरण गर्दै आएको छ । यस भ्यानमा १५ जनाको सिट दिईएको छ ।
म्यागनेक मोडेलमा चार वटा भेराइटी रहेको छ जसको मुल्य ३३ लाख देखि ४३ लाख ४९ हजार सम्म पर्न जान्छ ।
Advertisement
यस्तै, किक मोडेलमा दुई वटा भेराइटी रहेको छ । जसमा एक्स एलको मुल्य ४९ लाख ९९ हजार रहेको छ भने एक्स भिको मुल्य ५४ लाख ४९ हजार रहेको विक्रेताले जनाएको छ । यो दुवै मोडेल पेट्रोल गाडी हुन ।

















टिप्पणीहरू