११ असोज, बाँके । हिन्दूहरुको पर्व गणेश विसर्जन र मुस्लिम समुदायको महान पर्व मोहम्मद डे को अवसरमा जनमत महिला संघ बाँकेले आज पानी वितरण गरेको छ ।
दुवै समुदायको आआफ्नो भब्य र्यालीका बीच जनमत पार्टी नेपालगञ्ज नगर सभापति शुभम गुप्ताको उपस्थितीमा पानी वितरण कार्यक्रम सम्पन्न गरिएको महिला संघ बाँकेकी अध्यक्ष रेखा झाले जानकारी दिईन ।
Advertisement
नेपालगञ्ज स्थित सल्यानी बंगला चोकमा आज दिउँसो २ बजे देखि पानी वितरण गरिएको हो ।
पर्वको बेला निकालिएको र्यालीमा प्राय नेपालगञ्जका अधिकांस पसल बन्द रह्ने गरेका हुन्छन । जसका कारण नेपालगञ्जको चर्को घाममा कोही कसैलाई पानीका लागि सास्ती खेप्न नपारोस जनाउदैँ पानी वितरण कार्यक्रम गरिएको झाले बताइन ।
Advertisement
यस्तो कार्यक्रमले सदभाव कायम राख्दै विभिन्न समुदाय बीच भाईचारा बनाईराख्न सहयोग पुर्याउने गरेको प्रमुख अतिथि नगरअध्यक्ष गुप्ताले बताए ।
टिप्पणीहरू