Close sidebar
  • ताजा
  • लोकप्रिय
  • शैक्षिक अभियान्ता ‘श्याम कुवर’ नेशनल प्याब्सनको केन्द्रिय सदस्यमा मनोनित

    ११ असोज, बाँके । करिब दुई दशक शिक्षण पेशामा बिताइसकेका नेशनल प्याब्सन बाँकेका निवर्तमान अध्यक्ष श्याम कुवर नेशनल प्याब्सनको केन्द्रिय सदस्यमा मनोनित भएका छन ।

    कुँवरलाई नेशनल प्याब्सन केन्द्रिय समितिको बुधबार बसेको बैठकले मनोनित गरेको हो । केन्द्रिय सदस्यमा मनोनित भएका कुवरले बिद्यालय र विधार्थिको हकहितका लागि केन्द्रमा ससक्त रुपमा लागि पर्ने बताएका छन ।

    Advertisement

    गुणस्तरिय शिक्षामा जोड दिदैँ उनले आफुले सशक्त भुमिका निर्वाह गर्नेमा विश्वास ब्यक्त गरे । उनले आफू नेशनल प्याब्सन बाँकेको अध्यक्ष रहदा पनि नियमित रुपमा जिल्ला देखि केन्द्र सम्म गुणस्तरिय शिक्षाका लागि पहल कदमी भुमिका निर्वाह गरेका छन । यसका लागि विभिन्न चुनौतिहरुलाई झेल्दै शैक्षिक बातावरण सहज बनाउन उनले खेलेको भुमिकालाई मुल्यांकन गरी गरिएको यो निणर्यमा कुवरले खुसी ब्यक्त गरे ।

    कुवर विक्रम संवत् २०५५ सालदेखि शिक्षा क्षेत्रमा सेवारत छन । उनी हाल बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ५ स्थित हिमालय बिद्या निकेतन संचालकको रुपमा समेत कार्यरत छन । कक्षा ११ सम्म संचालित बिद्यालयमा १२ सय बिद्यार्थि अध्ययनरत छन । उनी जिवनको सम्पुर्ण समय शिक्षा क्षेत्रमा नै खर्चनै सोचमा छन ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »