Close sidebar
  • ताजा
  • लोकप्रिय
  • संविधान दिवसको अवसरमा जानकी गाउँपालिकामा सरसफाई

    ३ असोज, बाँके । संविधान दिवसको अवसरमा बाँकेको स्थानीय तहहरुमा सरसफाई कार्यक्रम गरिएको छ ।

    २०७२ साल असोज ३ गते जारी भएको नेपालको सातौ संविधानको अवसरमा जानकी गाउँपालिकाले बुधवार पालिकाको भवन परिसरमा सरसफाई कार्यक्रम गरेको हो ।

    Advertisement

    संविधान दिवसको अवसरमा शुभकामना दिदैँ गाउँपालिका अध्यक्ष छब्बन खाँले संविधानमा उल्लेख गरिएको मौलिक हक अधिकारलाई सुनिश्चित गर्दै गाउँपालिकाले दिने सेवा सुविधामा कुनै कन्जुसाई नगर्ने बताएका छन् ।

    कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष रामप्यारी यादव, विपद तथा बातावरण समितीका संयोजक राजेन्द्र सिँह, योजना शाखाकी प्रमुख शोभा पौडेल, सुचना शाखाका प्रमुख विकास जि सी, स्वास्थ्य शाखा प्रमुख दल वहादुर राना, प्रशासनका गोपी चौलागाई, जिन्सी शाखाका राजु यादव, लेखाका दिपेन्द्र पान्डे, प्राविधिकहरु लगायतका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »