Close sidebar
  • ताजा
  • लोकप्रिय
  • सर्वोच्च कमाण्डर गणेशमान सिंहको २६औँ स्मृति दिवस नेपालगञ्जमा मनाईयो

    ३ असोज, बाँके । सर्वोच्च कमाण्डर लौहपुरुष गणेशमान सिंहको २६औँ स्मृति दिवसको सन्ध्यामा नेपालगञ्जको गणेशमान चौकमा दीप प्रज्जवलन गरिएको छ ।

    प्रजातन्त्र स्थापनाका लागि भएको २००७ सालको क्रान्तिका एक अगुवाका रूपमा वीरगञ्ज मोर्चामा सशस्त्र सङ्घर्ष गरेका तथा प्रजातन्त्र पुनःस्थापनाका लागि भएको विक्रम सम्वत् २०४६ को जनआन्दोलनका सर्वोच्च कमाण्डर सिंहको स्मृति दिवसको दीप प्रज्जवलन गरिएको हो ।

    Advertisement

    गणेशमान सिंह फाउण्डेशन बाँकेको आयोजनामा भएको कार्यक्रममा राष्ट्रियसभा सदस्य युवराज शर्माले नेपालमा प्रजातन्त्र पुनर्स्थापनाका लागि गणेशमान सिंहले खेलेका भूमिकाबारे जानकारी गराएका थिए ।

    कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य मिना सिद्धिकी, बाँके काँग्रेस सहसचिव विनोद थारू, नेपाल महिला संघ केन्द्रीय सदस्य भारती जोशी, महिला संघ बाँके सचिव उमा थापा, बाँके क्षेत्र नं.१ का पूर्वसभापति माधवराम खत्री, नेपाल तरूण दलका पूर्व केन्द्रीय महासचिव हुर्मत न्यौपाने, नेपाली काँग्रेस बाँकेका निवर्तमान जिल्ला सदस्य हेमन्त कर्माचार्य, नेपाली काँग्रेस नेपालगञ्ज १० कि कार्यवाहक सभापति कल्पना रेग्मी घिमिरे, नेपाली काँग्रेस नेपालगञ्ज ९ का सभापति अकबर शेष, युवा नेता भूम भण्डारी, महिला नेतृ अमृता नेपाल लगायतको सहभागिता रहेको थियो ।

    Advertisement

    विक्रम संवत् १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्रपाटीस्थित चाक्सीबारीमा जन्मिएका नेता सिंहको २०५४ साल असोज २ गते निधन भएको थियो ।

    गणेशमान सिंह फाउण्डेशन, बाँकेको आयोजनामा भएको कार्यक्रमको संयोजन तथा सञ्चालन फाउण्डेशनका अध्यक्ष अनिल श्रेष्ठले गरेका थिए ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »