१९ साउन, काठमाडौँ । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सदस्य हरिप्रसाद रिजालको ४३ वर्षको अल्पायुमै ह्दयघातका कारण असामयिक निधन भएको छ ।
पत्रकार रिजालको साउन आज बिहान २ः०० बजे ह्दयघातका कारण काठमाठौंमा निधन भएको नेपाल पत्रकार महासंघले जनाएको छ । स्वर्गीय रिजाल आर्थिक राष्ट्रिय दैनिकका संस्थापक सम्पादक अग्रज पत्रकार प्रल्हाद रिजालका सहोदर भाइ समेत थिए ।
Advertisement
धादिङको निलकण्ठ नगरपालिका-६ सुनौलो बजारमा जन्मेका रिजाल काठमाडौंमा रही पत्रकारितामा सक्रिय थिए । पछिल्लो समय आर्थिक राष्ट्रिय दैनिकको सम्पादन समुहमा कार्यरत रहेका रिजालको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक जुझारु र उर्जाशील युवा पत्रकार गुमाएको छ भने महासंघले सक्रिय सदस्य गुमाएको महासचिव रोसन पुरीले बताए ।
स्वर्गीय रिजालका श्रीमती र एक छोरीे छन ।


















टिप्पणीहरू