Close sidebar
  • ताजा
  • लोकप्रिय
  • को हुन ललित कुमार रौनियार ?

    नेपालगञ्ज उद्योग वाण्ज्यि संघको आसन्न भदौ २ गते निर्वाचनका लागि नेपाली कांग्रेस निकट साझा प्रजातान्त्रिक उद्योग व्यवसायी समुह तर्फबाट अध्यक्ष पदका दावेदर उम्मेद्वार हुन ललित कुमार रौनियार । निडर, प्रष्टवक्ता, व्यवसायिक समस्या सम्बन्धि निकायमा राख्न सक्ने क्षमता भएका व्यवसायिक नेता हुन रौनियार ।

    पिता जदुनाथ प्रसाद रौनियार (मुनिम जी) र आमा द्रोपदी देवी रौनियारको कोखबाट चौथो सन्तानका रुपमा २०२७ साल पुष १४ गते, त्रिवेणी मोड-बागेश्वरी मन्दिर टोल तत्कालिन वडा नं. ३ मा जन्मिएका रौनियार उद्योग व्यवसायीको हकहित र परिवर्तनका लागि आवाज बुलन्द गर्दै आईरहेका छन ।

    Advertisement

    साहसी क्षमता भएका व्यवसायिक नेता हुन ललित कुमार रौनियार । राजनिति, समाजसेवा सँगै व्यवसायिक क्षेत्रमा सक्रिय छन रौनियार । अध्ययनशिल, उर्जावान, नविनतम सोच भएका रौनियारलाई उद्योगी व्यवसायीहरुले समर्थन गर्दै अध्यक्ष पदको उम्मेदवार बनाएका छन ।

    उनी साल २०४७ साल देखि व्यवसायमा आवद्ध हुँदै हाल ललिता इजि मार्टस् सप्लायर्स नेपाल संचालक रहेका छन । नेपालगञ्ज स्थित ललिता इजि मार्टस् सप्लायर्सले विद्युतीय स्कुटरको कन्ट्री डिस्टिब्युटर्स सम्बन्धि काम गर्दै आईरहेको छ ।

    Advertisement

    ललित कुमार रौनियार र श्रीमती ललिता शाह रौनियारको दुई छोरा, एक छोरी रहेका छन । उनको दुवै छोरा इन्जिनियर छन भने छोरीले नेपालगञ्ज स्थित महेन्द्र बहुमुखी क्याम्पसमा बिपिए अध्ययन गरीरहेकी छन ।

    २०४३ सालमा प्रथम श्रेणीमा एसएलसी उत्तिणर् गरेका थिए । विद्यार्थी जिवनमा बिभिन्न खुट्किला पार गर्दै उनी उच्च शिक्षा काठमाडौँ स्थित पाटन ललितपुर क्याम्पसवाट उत्तिणर् गरेका थिए ।

    Advertisement

    उनी नेपालगञ्ज उद्योग वाणिज्य संघमा दुई पटक निर्वाचित सदस्य भईसकेका छन । भने एक कार्यकाल वरिष्ठ सदस्य समेत भईसकेका छन । उनी अन्य सामाजिक संस्थामा समेत आवद्ध छन । नेपाल चीन शैक्षिक तथा सांस्कृति परिषद केन्द्रिय सदस्य समेत हुन रौनियार । उनको विभिन्न केन्द्रिय तथा प्रदेशका सम्बद्ध नेता संग समेत मज्बुत पकड रहेको छ ।

    उनी नेपाल वितरक संघ बाँकेका संस्थापक अध्यक्ष समेत हुन । नेपाल वितरक महासंघका पुर्व वरिष्ठ उपाध्यक्ष र नेपालगञ्ज नगर विकास समितिका पुर्व अध्यक्ष लगायत विभिन्न सामाजिक संघ, संस्थामा आवद्ध रहेका छन ।

    Advertisement

    उनी चिनिया रेडक्रस सोसाईटीको निमन्त्रणामा चीन भ्रमण तथा व्यवसायिक रूपमा सिगापुर र थाईल्यान्डको भ्रमण समेत गरी सकेका छन ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »