Close sidebar
  • ताजा
  • लोकप्रिय
  • ‘सेक्स’ यस्तो अवस्थामा गर्दै नगरौं

    बिवाहित दम्पतीका लागि यौन सम्पर्क अनिवार्य आवश्यक्ता हो । बिवाह पछि दम्पतीको सम्बन्धलाई टिकाइराख्न पनि यौन सम्बन्ध आवश्यक हुन्छ ।

    यौन सम्पर्कका लागि दुबै पार्टनर मानसिक तथा शारीरिक रुपमा तयार हुनुपर्छ । यदि पार्टनरले इच्छा देखाएको छैन भने जबरजस्ती सम्पर्क राख्नु राम्रो होइन । यसले तपाई प्रति हेर्ने दृष्टिकोणमै फरक पर्छ ।

    Advertisement

    यौन सम्पर्क अघि पार्टनरलाई बिस्तारै मानसिक रुपले तयार गर्ने । यसका लागि उनलाई आफ्नो सामिप्यता महसुष गराउनुपर्छ । प्रेमपूर्वक व्यवहार गर्नुपर्छ ।

    हामी सोच्छौं मनमुटावको अवस्थामा यौन सम्पर्क गर्दा सम्बन्धमा सुधार आउँछ । तर, कहिले कहिं त्यसले उल्टो नतिजा दिन्छ । यौनको अर्थ प्रेम दर्शाउनु पनि हो ।

    Advertisement

    जबरजस्ती यौन सम्पर्क राख्ने प्रयासले थप झगडा निम्त्याउन सक्छ । किनभने यो शारीरिक क्रिया त हो तर, यसमा भावना पनि आवश्यक हुन्छ ।

    लडाई-झगडा सुल्झाउनका लागि सबैभन्दा पहिला पार्टनरलाई फकाउनुहोस् । आफ्नो गल्ती छ भने माफी माग्नुपर्छ । पार्टनरलाई खुसी तुल्याउन गिफ्ट दिन सकन्छ । जब पार्टनर खुसी हुन्छ, तपाईले उनलाई पगाल्न तपाईलाई गाह्रो पर्ने छैन ।

    Advertisement

    पत्नी गर्भवती भएको बेला यौन सम्पर्क राख्नुहुन्छ कि हुँदैन, कसरी राख्ने, कहाँ राख्ने ? यावत जिज्ञासा उठ्छ । विशेषज्ञका अनुसार गर्भवती भएको छैटौं हप्ताबाट बाह्रौ हप्तासम्म यौन सम्पर्क नराख्नु नै उचित हुन्छ ।

    किनभने यसबेला यौन सम्पर्क राख्नाले गर्भपतनको संभावना हुन्छ । यसका साथै गर्भवती भएको अन्तिम दुई महिना पनि यौन सम्पर्क राख्नु हुँदैन ।

    Advertisement

    गर्भवती भएको बेला पार्टनरको पुरा ख्याल राखौं । उनीहरुलाई हरबखत खुसी राख्नुपर्छ । विज्ञका अनुसार गर्भवती भएको चौथो र सातौ महिना सम्म यौनसम्पर्क राख्न सकिन्छ, यद्यपी पार्टनरको सहज महसुष भएमा मात्र ।

    शल्याक्रिया चाहे जतिसुकै सानो होस, जबसम्म घाउ पूणर् रुपले निको हुँदैन यौनसम्पर्क राख्नु हुँदैन । सामन्य त चिकित्सकले शरीरको शल्याक्रिया पछि तीन महिनाका लागि यौन सम्पर्क नगर्ने सल्लाह दिने गरेका छन् ।

    तपाईले यो सोच्नुपर्छ कि, शल्याक्रिया पछि औषधी र थेरापीको कारण पार्टनरलाई यौन सम्बन्धमा इच्छा हुँदैन । यसका साथै शरीरको घाउले उनीहरुलाई केहि सोच्न दिदैन । यस्तो अवस्थामा उनलाई तपाई प्रेम र उर्जा दिनुपर्छ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »