१३ जेठ, काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पशुपतिमा सुनको भनेर पित्तलको जलहरी चढाई भ्रष्टाचार गरेछन् भनी माओवादी केन्द्रका सांसदले बोलेको कुराको पुष्टि हुनुपर्ने बताएका छन ।
अध्यक्ष ओलीले संसद जस्तो गरिमामय ठाउँमा जड्याहाले पनि नबोल्ने खालको आधारहीन, असत्य र जनतामा भ्रम सिर्जना गर्ने अभिव्यक्ति माओवादी सांसदले दिएको वताए ।
Advertisement
पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिका लागि शुक्रबार तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासल, ललितपुरमा आयोजित दुई दिने अनुशिक्षण कार्यक्रममा अध्यक्ष ओलीले जस्ले जिन्दगीभर भ्रष्टाचार विरोधी अभियान चलायो, उसैलाई भ्रष्टाचारको निराधार आरोप लगाएको भन्दै आक्रोश व्यक्त गरे ।
अध्यक्ष ओलीले भने, ‘कोभिडको समयमा दुई खर्ब रुपियाँ भ्रष्टाचार गरे, पशुपतिमा सुनको भनेर पित्तलको जलहरी चढाए भन्ने ? हाम्रा विरूद्ध जे बोले पनि हुने ?’
Advertisement
अध्यक्ष ओली प्रधानमन्त्री रहेको समयमा पशुपतिमा सुनको जलहरी जडान गरिएको थियो । अध्यक्ष ओलीले आफ्नो काम रकम उपलब्ध गराउने भएको बताए । उनले एमाले विरुद्ध संसद्मा आधारहीन, असत्य र जनतालाई भ्रम पार्ने खालका कुरा सत्ता पक्षका सांसदले बोलेकाले आज संसद् अवरुद्ध गरिएको बताए ।
उनले गैरजिम्मेवार र अनुत्तरदायी तत्व संसद र सरकारमा पुगेको वताउँदै वर्तमान गठबन्धन सरकारले देशको पक्षमा कुनै काम नगरेको र एमालेको विरुद्धमा मात्र काम गरिरहेको बताए ।
Advertisement
अध्यक्ष ओलीले आफूलाई कोशी प्रदेशका विभिन्न जिल्लामा जाँदा ज्यान मार्ने उद्देश्यका साथ ढुङ्गामुढा गर्दा पनि सरकारले किञ्चित दुःख मनाउ नगरेको वताउँदै सरकारले भित्रभित्रै हिंसालाई दुरुत्साहन गरिरहेको बताए ।
उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेलाई बदनाम गर्न खोजिएको तर यस प्रकरणमा एमालेको संलग्नता नरहेको बताए । अध्यक्ष ओलीले भने, ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा को को संलग्न छन्, अदालतमा मुद्दा परेको छ, म भन्न चाहन्न । तर यस प्रकरणको सबै दोष एमालेतर्फ खन्याउन खोजियो ।’
Advertisement
उनले स्थानीय तहका जनप्रतिनिधिलाई कार्ययोजना बनाएर काम गर्न निर्देशन दिए । पार्टीले २०८४ को निर्वाचनलाई लक्ष्य बनाई काम गरिरहेको छ, तपाईहरू पनि कस्ता कस्ता काम गर्ने योजना बनाएर काम गर्नुस् अध्यक्ष ओलीले भने । उनले देश र जनताप्रतिको उत्तरदायित्वलाई ध्यानमा राखेर काम गर्न र आचरण, बानी, व्यवहार, शैली सबै कुरामा एमाले जस्तो भएर अगाडि बढ्न आग्रह गरे ।

















टिप्पणीहरू