१३ चैत, बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका स्थित जमुनाह नाकामा कोभिड चेकजाँच गर्दा दुई जनालाई संक्रमण देखिएको छ ।
नेपाल भारत सिमानाका स्थित जमुनाहमा रहेको हेल्थ डेस्कमा शंकास्पदहरुलाई कोभिड जाँच गर्दा २ जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिए ।
Advertisement
उनका अनुसार सिमानाकामा शंकास्पद १ सय १० जनाको कोभिड एन्टिजिन जाँच गर्दा भारतबाट फर्किएका २ जनामा संक्रमण देखिएको छ । संक्रमित रुकुमका ४१ बर्षीय र कालिकोटका ५३ बर्षीय पुरुष रहेका छन ।
संक्रमितहरुमा सामान्य रुघाखोकी बाहेक अन्य कुनैपनि जटिल लक्षण नदेखिएकोले सबैलाई स्थानीय तह संगको समन्वयमा होम आइसोलेसनमा बस्ने गरी घर पठाइएको छ ।
















टिप्पणीहरू