१९ माघ, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नौ किलोग्राम सुन सहित क्यानडाका नागरिक पक्राउ परेका छन् ।
त्रिभुवन विमानस्थल भन्सार कार्यालयको टोलीले युनाइटेड अरब इमिरेटस् (यूएइ)को दुबईबाट सुन लिएर नेपाल आएका क्यानडाका नागरिक ३५ वर्षीय मोहम्मद कमल माहगोबलाई गए राति चेकजाँचका क्रममा पक्राउ गरेको हो । उनले शरिरमा पेटी बनाएर एक किलोग्रामका आठवटा सुनका बिस्कुट राखेका थिए भने एक किलोग्राम गोलाकारमा भेटिएको हो ।
Advertisement
प्लाई दुबईको एफ-२५७३ मार्फत काठमाडौँ आएका माहगोबलाई गए राति १२ बजे पक्राउ गरिएको कार्यालयका प्रवक्त यमराज पाण्डेले जानकारी दिए ।
पक्राउ परेका उनलाई गौसाला प्रहरी बित्तमा राखिएको छ । उक्त घट्नाबारे अनुसन्धान भइरहेको भन्सार कार्यालयले जनाएको छ ।
















टिप्पणीहरू