१९ माघ, बाँके । नेपाली कांग्रेसको संसदीय दल कार्यसमितिको बैठक बिहीबार बस्ने भएको छ । सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बैठक बस्ने भएको बुझिएको छ ।
उक्त बैठकमा राष्ट्रियसभा उपाध्यक्ष पदको उम्मेदवार बारे छलफल र निणर्य गर्ने एजेण्डा रहेकाे बताईएको छ ।
Advertisement
राष्ट्रियसभाकी तत्कालीन उपाध्यक्ष शशीकला दहालको कार्यकाल २०७८ फागुन २० गते सकिएपछि उपाध्यक्ष पद रिक्त छ । राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन यही माघ २३ गते सोमबार हुने भएको छ ।
















टिप्पणीहरू