Close sidebar
  • ताजा
  • लोकप्रिय
  • प्रजिअ आचार्यद्वारा सीमा क्षेत्रको आकस्मिक निरीक्षण

    १८ माघ, बाँके । बाँके जिल्लामा सरुवा भई आएका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले सिमाक्षेत्रको अनुगमन गरेका छन ।

    छिमेकी देश भारत सँग जोडिएको सीमा बाँकेको नरैनापुर गाँउपालिका क्षेत्रको बुधबार अनुगमन गरिएको हो । नरैनापुरको गंगापुरमा शुक्रबारबाट सुरु हुन लागेको मेलालाई केन्द्रित गर्दै सीमा क्षेत्रको अनुगमन गरिएको हो ।

    Advertisement

    आर्चाय बाँकेमा केही दिनअघि मात्रै सरुवा भई आएका हुन । आचार्यले सीमावर्ती क्षेत्रलाई प्राथमिकतामा राखेर आकस्मिक निरीक्षण गरेको बताए । शान्ति, सुरक्षा लगायतका विषयमा सीमा क्षेत्रको सुरक्षा प्राथमिकतामा हुनेभएकोले उनकै नेतृत्वमा अनुगमन गरिएको जानकारी दिए ।

    सिमा क्षेत्रको अनुगमन गर्न पुगेका जिल्ला अधिकारी आर्चायले इलाका प्रशासन कार्यालय नरैनापुरको भवनको समेत निरिक्षण गरेका थिए । गृह मन्त्रालयले कर्मचारी पठाउने बित्तिकै इलाका प्रशासन कार्यसंचालन हुने जानकारी दिए ।

    Advertisement

    जिल्ला अधिकारी आचार्यले अनुगमनका क्रममा गैरकानुनी गतिविधिलाई नियन्त्रण गर्न सीमा क्षेत्रको सुरक्षा व्यवस्था कडा पार्न निर्देशन दिएका छन ।

    त्यस क्रममा उनले भने, ‘सीमा क्षेत्र र पिलर (सीमा स्तम्भ)को अवस्था ठिकै रहेको छ । छोटी भन्सारहरू नचलेका कारण भारतबाट सामान खरिद गरेर आउँदा राजस्व तिर्न भने सर्वसाधारणले समस्या भोग्नुपर्ने अवस्था रहेको भेटिएको छ ।’

    Advertisement

    उनी संगै अनुगमनमा प्रहरी उपरिक्षक सन्तोष सिहं राठोर, अनुसन्धानका एसपि मोहन कुमार, गाँउपालिका अध्यक्ष इस्तियाक अहमद शाह लगायतको सहभागिता रहेको थियो ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »