निर्वाचनमा सहभागी राजनीतिक दल वा उम्मेदवारले आफ्नो झण्डा वा निर्वाचन चिह्न बोक्ने कार्यमा, सांस्कृतिक कार्यक्रममा, र्यालीमा, अमुक दल वा उम्मेदवारविरुद्धका गतिविधिमा, झण्डा वा निर्वाचन चिह्न अङ्कित भेष्ट/टिसर्ट/लोगो जस्ता चिजहरू प्रदर्शन गर्ने कार्यमा बालबालिका सहभागी गराउने गरेको र विद्यालय समयमा विद्यालय नजिकै राजनीतिक दल वा उम्मेदवारका चुनावी गतिविधि सम्बन्धी कार्यक्रम आयोजना गरी शैक्षिक कार्यमा अवरोध सिर्जना भएको उजुरी निर्वाचन आयोगमा प्राप्त भएका छन्।
निर्वाचनलाई स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख्न निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०८२ लागू गरेको छ । तर शैक्षिक संस्था सम्बद्ध केही प्राध्यापक, शिक्षक तथा कर्मचारी राजनीतिक दल तथा उम्मेदवारको पक्षमा प्रचारप्रसारमा संलग्न भएको भनी आयोगमा उजुरी तथा गुनासो आयोगमा प्राप्त भएको हो ।
११ फाल्गुन, काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनका लागि प्रचारप्रसार गर्दा निर्वाचन चिह्नको भौतिक स्वरूप प्रयोग नगर्न/नगराउन आग्रह गरेको छ । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ मा सहभागी कतिपय राजनीतिक दल वा उम्मेदवारले निर्वाचन चिह्नको प्रचारप्रसार गर्दा भौतिक स्वरुपको निर्वाचन चिह्न साथमै बोकी प्रयोग गर्ने र जनसमुदायको समग्र शान्तिमा प्रतिकूल […]
१० फाल्गुन, दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेशमा दलित अधिकार सम्बन्धी ऐन निर्माणको काम अन्तिम चरणमा पुगेको बताएका छन् । राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मा सँग आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा मुख्यमन्त्री आचार्यले प्रदेश सभामा दलित अधिकारसम्बन्धी विधेयक प्रस्तुत भइसकेको जानकारी दिए । उनका अनुसार सदनले विधेयकलाई दफावार छलफलका […]
१० फाल्गुन, रौतहट । रौतहटको गौर नगरपालिकाका विभिन्न क्षेत्रमा आज पनि कर्फ्यू आदेश जारी छ । आज बिहान ६ः३० देखि ८ः३० बजेसम्म कर्फ्यू केही खुकुलो पारिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । तर, यो समयमा पनि सभा, जुलुस तथा प्रदर्शन गर्न पाइने छैन । शनिबार दिउँसो १ बजेदेखि जारी भएको कर्फ्यु अर्को आदेश नआउँदासम्म […]
९ फाल्गुन, बाँके । नेपालगञ्जमा सम्पन्न प्रथम नेपालगन्ज आदर्श तेक्वान्दो दोजाङ्ग प्रतियोगिता २०८२ को उपाधि सुपरस्टार दोजाङ्ग जित्न सफल भएको छ । बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १ कौशिलानगरस्थित सुपरस्टारले ६ गोल्ड, ३ रजत र ५ काश्य पदक जित्दै प्रतियोगितामा उपाधि जित्न सफल भएको हो । प्रतियोगितामा खजुरा गाउँपालिकास्थित जिगाउँ तेक्वान्दो द्धित्तीय स्थानमा चित्त बुझाएको […]
८ फाल्गुन, काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । साथै तराईका केही स्थानमा हुस्सु लागेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भागमा साधारणतया बादल लाग्नेछ भने मधेस प्रदेशलगायत कोशी, बागमती र गण्डकी प्रदेशका बाँकी भागका साथै अन्य प्रदेशका हिमाली र पहाडी भेगमा आंशिक बदली हुने मौसम पुर्वानुमान महाशाखाले […]
विगत लामो समयदेखि यस औद्योगिक नगरी नेपालगन्जमा हालसम्म कुनै प्रकारको तेक्वान्दो प्रतियोगिता सञ्चालन नभएकोले प्रथम पटक तेक्वान्दो प्रतियोगिता आयोजना गरिएको आदर्श तेक्वान्दो दोजाङ्गका चन्द्र प्रकाश श्रेष्ठले जानकारी दिए ।
७ फाल्गुन, काठमाडौँ । आज ७६ औँ ‘राष्ट्रिय प्रजातन्त्र दिवस’ देशका विभिन्न भागमा विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । प्रजातन्त्र दिवसको अवसरमा सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ । प्रजातन्त्र दिवसका अवसरमा मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा आज बिहान आयोजना हुने कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुने कार्यक्रम छ । प्रजातन्त्र दिवस […]
५ फाल्गुन, काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बैङ्किङ प्रणालीबाट निर्वाचन खर्च पारदर्शी हुने बताएका छन् । आयोगमा सोमबार आयोजित बैंकरहरु सँगको छलफलमा उनले हात, हातमा पैसा लिएर चुनावमा खर्च गर्न नपाइने व्यवस्था गरिएको बताए । यसकै लागि आयोगले छुट्टै निर्देशिका बनाएको उनले जानकारी दिए । जसअनुसार राजनीतिक दल र उम्मेदवारले चुनावमा खर्च […]










