आम नागरिकलाई मताधिकारको महत्व र मतदानको प्रक्रियाका विषयमा जानकारी दिने उद्देश्यले आयोगबाट स्वीकृत विशेष कार्यक्रम अनुसार यही फागुन ३ देखि १७ गतेसम्म देशभरका ७५३ स्थानीय तहका ६,७४३ वडाहरूमा एक–एक जना मतदाता शिक्षा स्वयंसेवक परिचालन हुनेछन्।
आयोगको आज बसेको बैठकले फाल्गुन ३ गते भित्र निर्वाचन घोषणापत्र सार्वजनिक गरी पेस गर्न निर्देशन दिएको हो ।
प्रतिनिधिसभा निर्वाचनको तयारीका सन्दर्भमा निर्वाचन परिचालन तथा प्रचारप्रसार मूल समिति बाँकेले मंगलवार नेपालगन्जमा आयोजना गरेको बृहद् जिल्ला भेलालाई सम्बोधन गर्दै उनले सुशासन र पारदर्शिता मार्फत जनताको सेवा गर्ने आफ्नो प्राथमिकता रहेको बताएका हुन् ।
बाँके क्षेत्र नं.३ का उम्मेदवार समेत रहेका पुनले वर्तमान राजनीतिक परिस्थिति संवेदनशील मोडमा पुगेको भन्दै लोकतान्त्रिक उपलब्धिहरुको संरक्षण अहिलेको मुख्य चुनौती रहेको धारणा राखे। “सिंगो देश अहिले संकटमा छ, व्यवस्था नै रहने–नरहने अन्यौलता छ,” उनले भने, “यस्तो अवस्थामा प्राप्त उपलब्धिहरु जोगाउन काँग्रेसको विकल्प छैन।”
नेपाल कानुन समाजको सहकार्यमा निर्वाचन आयोगले आज धनगढीमा आयोजना गरेको आचारसंहिता कार्यान्वयन सम्बन्धी प्रदेशस्तरीय कार्यक्रममा उनले यस्तो बताएकी हुन । आयुक्त तुलाधरले निर्वाचनलाई स्वच्छ, पारदर्शी तथा विश्वसनीय बनाउन निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन महत्त्वपूर्ण रहेको उल्लेख गरिन् ।
जेनजी आन्दोलनका क्रममा सुशासन, पारदर्शिता र भ्रष्टाचार अन्त्यका विषय उठेको स्मरण गर्दै उहाँले आफूले सरकारको नेतृत्व सम्हालेलगत्तै दुई वर्ष अघि नै नीतिगत रूपमा यस क्षेत्रमा काम सुरु गरिएको स्पष्ट पारे ।
निर्वाचन व्यवस्थापनका सिलसिलामा गरिने कामलाई विभिन्न चरणमा विभाजन गरी कार्यतालिका बनाई सम्पादन गर्ने गरिन्छ । निर्वाचन आयोगले निर्वाचन सम्पन्न भइसकेपछि आफ्नो नियमित क्रियाकलाप गरिरहेको हुन्छ । कुनै पनि बेला निर्वाचन गर्ने परिस्थिति आउन सक्छ भनेर आयोग तयारी अवस्थामा हुन्छ ।
आज दिउँसो तराई भूभागका केही स्थानहरूमा मध्यान्न सम्म हुस्सु तथा कुहिरो रहनेछ । देशको उच्च पहाडी र हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ र बाँकी पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । तराई भूभागमा मुख्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ । वायु
समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले सम्मेलनमा सहभागीहरूको व्यावसायिक एवम् व्यवहारिक ज्ञान, दक्षता र अनुभवका साथै दृष्टिकोण तथा सुझावहरूबाट नेपाल प्रहरीको आगामी कार्यदिशा तय गर्न महत्वपूर्ण पृष्ठपोषण मिलेको उल्लेख गरे । प्रविधिको माध्यमबाट सिर्जित अपराधका साथै अपराध अनुसन्धानमा देखा परेका नवीनतम् चुनौतीहरू समाधान गर्न नेपाल प्रहरी निरन्तर लागिरहेको र यस्ता अपराध नियन्त्रण गर्नको लागि नागरिकको रचनात्मक सहयोगको पनि निरन्तर आवश्यकता रहेको उनले बताए ।
२६ माघ, काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ४४ जिल्लाका एक सय निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । आजसम्म एक करोड २२ लाख ५६ हजार मतपत्र छपाइ भएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए । हालसम्म डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम […]










