निर्वाचनमा सहभागी राजनीतिक दल वा उम्मेदवारले आफ्नो झण्डा वा निर्वाचन चिह्न बोक्ने कार्यमा, सांस्कृतिक कार्यक्रममा, र्यालीमा, अमुक दल वा उम्मेदवारविरुद्धका गतिविधिमा, झण्डा वा निर्वाचन चिह्न अङ्कित भेष्ट/टिसर्ट/लोगो जस्ता चिजहरू प्रदर्शन गर्ने कार्यमा बालबालिका सहभागी गराउने गरेको र विद्यालय समयमा विद्यालय नजिकै राजनीतिक दल वा उम्मेदवारका चुनावी गतिविधि सम्बन्धी कार्यक्रम आयोजना गरी शैक्षिक कार्यमा अवरोध सिर्जना भएको उजुरी निर्वाचन आयोगमा प्राप्त भएका छन्।
निर्वाचनलाई स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख्न निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०८२ लागू गरेको छ । तर शैक्षिक संस्था सम्बद्ध केही प्राध्यापक, शिक्षक तथा कर्मचारी राजनीतिक दल तथा उम्मेदवारको पक्षमा प्रचारप्रसारमा संलग्न भएको भनी आयोगमा उजुरी तथा गुनासो आयोगमा प्राप्त भएको हो ।
१० फाल्गुन, रौतहट । रौतहटको गौर नगरपालिकाका विभिन्न क्षेत्रमा आज पनि कर्फ्यू आदेश जारी छ । आज बिहान ६ः३० देखि ८ः३० बजेसम्म कर्फ्यू केही खुकुलो पारिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । तर, यो समयमा पनि सभा, जुलुस तथा प्रदर्शन गर्न पाइने छैन । शनिबार दिउँसो १ बजेदेखि जारी भएको कर्फ्यु अर्को आदेश नआउँदासम्म […]
७ फाल्गुन, काठमाडौँ । आज ७६ औँ ‘राष्ट्रिय प्रजातन्त्र दिवस’ देशका विभिन्न भागमा विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । प्रजातन्त्र दिवसको अवसरमा सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ । प्रजातन्त्र दिवसका अवसरमा मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा आज बिहान आयोजना हुने कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुने कार्यक्रम छ । प्रजातन्त्र दिवस […]
५ फाल्गुन, काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बैङ्किङ प्रणालीबाट निर्वाचन खर्च पारदर्शी हुने बताएका छन् । आयोगमा सोमबार आयोजित बैंकरहरु सँगको छलफलमा उनले हात, हातमा पैसा लिएर चुनावमा खर्च गर्न नपाइने व्यवस्था गरिएको बताए । यसकै लागि आयोगले छुट्टै निर्देशिका बनाएको उनले जानकारी दिए । जसअनुसार राजनीतिक दल र उम्मेदवारले चुनावमा खर्च […]
४ फाल्गुन, बाँके । बाँकेको नेपालगञ्जमा प्रथम पटक तेक्वान्दो प्रतियोगिता हुने भएको छ । बाँकेमा रहेको आदर्श तेक्वान्दो दोजाङ्ग नेपालगञ्जले प्रतियोगिता आयोजना गर्न लागेको छ । विगत लामो समयदेखि यस औद्योगिक नगरी नेपालगञ्जमा आजसम्म कुनै प्रकारको तेक्वान्दो प्रतियोगिता सञ्चालन नभएकोले प्रथम पटक तेक्वान्दो प्रतियोगिता गराउने उद्देश्यका साथ यो कार्यक्रम गर्न लागेको आदर्श तेक्वान्दो दोजाङ्गका चन्द्र […]
मतदान हुने दिनभन्दा १५ दिन अघिदेखि मात्र निर्वाचन प्रचारप्रसार अन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा आफ्नो निर्वाचन सम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न सकिने व्यवस्था छ ।
बिहीबार सम्म एक करोड ५७ लाख ७८ हजार मतपत्र छपाइ भएको आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेले जानकारी गराए ।
२८ माघ, काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४७ जिल्लाका ११० निर्वाचन क्षेत्रका एक करोड ३७ लाख ९१ हजार मतपत्र छापिएका छन् । निर्वाचन आयोगका अनुसार डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम भाग), सल्ल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी, डडेल्धुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा, सुनसरी, ताप्लेजुङ, सङ्खुवासभा, […]
निर्वाचन व्यवस्थापनका सिलसिलामा गरिने कामलाई विभिन्न चरणमा विभाजन गरी कार्यतालिका बनाई सम्पादन गर्ने गरिन्छ । निर्वाचन आयोगले निर्वाचन सम्पन्न भइसकेपछि आफ्नो नियमित क्रियाकलाप गरिरहेको हुन्छ । कुनै पनि बेला निर्वाचन गर्ने परिस्थिति आउन सक्छ भनेर आयोग तयारी अवस्थामा हुन्छ ।









