४ फाल्गुन, काठमाडाैँ । फागुन २१ गते बिहीबारका दिन सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको सन्दर्भमा राजनीतिक दलहरूलाई देहाय बमोजिमको निर्देशन दिने:- 1. निर्वाचनको सिलसिलामा कुनै पनि व्यक्तिलाई निर्वाचनमा उम्मेदवारी दिन वा निर्वाचन सम्बन्धी प्रचलित सङ्घीय कानून बमोजिम निर्वाचनको प्रचारप्रसार गर्न वा मतदानको अधिकार प्रयोग गर्नबाट वञ्चित गर्ने उद्देश्यले बाधा अवरोध पुर्याउने वा पुर्याउन लगाउने वा […]
स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुस्वास्थ्य, शान्ति, प्रगति र समृद्धिको कामना गर्दै महाशिवरात्रिको शुभकामना व्यक्त गर्दै भगवान शिवको आराधनासँग जोडिएको यस पर्वले आत्मसंयम, सकारात्मक चिन्तन र सदाचारको मार्गमा अघि बढ्न प्रेरणा दिने विश्वास व्यक्त गरे । चाडपर्व
प्रतिनिधिसभा निर्वाचनको तयारीका सन्दर्भमा निर्वाचन परिचालन तथा प्रचारप्रसार मूल समिति बाँकेले मंगलवार नेपालगन्जमा आयोजना गरेको बृहद् जिल्ला भेलालाई सम्बोधन गर्दै उनले सुशासन र पारदर्शिता मार्फत जनताको सेवा गर्ने आफ्नो प्राथमिकता रहेको बताएका हुन् ।
बाँके क्षेत्र नं.३ का उम्मेदवार समेत रहेका पुनले वर्तमान राजनीतिक परिस्थिति संवेदनशील मोडमा पुगेको भन्दै लोकतान्त्रिक उपलब्धिहरुको संरक्षण अहिलेको मुख्य चुनौती रहेको धारणा राखे। “सिंगो देश अहिले संकटमा छ, व्यवस्था नै रहने–नरहने अन्यौलता छ,” उनले भने, “यस्तो अवस्थामा प्राप्त उपलब्धिहरु जोगाउन काँग्रेसको विकल्प छैन।”
जेनजी आन्दोलनका क्रममा सुशासन, पारदर्शिता र भ्रष्टाचार अन्त्यका विषय उठेको स्मरण गर्दै उहाँले आफूले सरकारको नेतृत्व सम्हालेलगत्तै दुई वर्ष अघि नै नीतिगत रूपमा यस क्षेत्रमा काम सुरु गरिएको स्पष्ट पारे ।
निर्वाचन परिचालन प्रचारप्रसार मुल समितिका अनुसार मंगलबार नेपालगञ्जमा आयोजना अगुवा कार्यकर्ता भेलालाई उपसभापति शर्माले सम्बोधन गर्ने पार्टीले जनाएको हो । काँग्रेस
समावेशी समाजवादी पार्टीले प्रत्यक्षतर्फ ६ जना र समानुपातिक तर्फ १५ जनालाई उम्मेदवार बनाएको छ। पार्टीले देशभरका १६५ निर्वाचन क्षेत्रमध्ये ६ वटा निर्वाचन क्षेत्रमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका उम्मेदवार रहेका कारण ती क्षेत्रहरूमा सर्वसम्मत निर्वाचित गराइदिन सार्वजनिक अपिल समेत गरेको छ ।
आसन्न फाल्गुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनको घरदैलोमा उनले आफ्नो विपक्षी कुनै पनि पार्टी विशेष नरहेको बताउदै गरिबी, बेरोजगारी र भ्रष्टचार रहेको बताएका छन् ।
२३ माघ, बाँके । नेपाली काँग्रेस बाँके क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नारायण प्रसाद गौडेलले राप्तीसोनारी पर्यापर्यटन तथा धार्मिक पर्यटनका हिसाबले सम्भावनायुक्त पालिका भएको बताएका छन्। काँग्रेस बाँकेका सभापति समेत रहेका गौडेलले बाँके राष्ट्रिय निकुञ्ज, राप्ती नदीसँगै बरफानी बाबा र भुवर भवानी मन्दिरका कारण राप्तीसोनारी पर्यापर्यटन र धार्मिक पर्यटनका लागि महत्वपूर्ण क्षेत्र […]
घर–घरमा पुग्दै, टोल–टोलमा पुग्दै उनी जनताका दुःख, समस्या र अपेक्षा नजिकबाट बुझ्ने प्रयासमा जुटेका हुन । विवेक कुमार श्रेष्ठ











