Close sidebar
  • ताजा
  • लोकप्रिय
  • अस्पताल तथा स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी तयारी अवस्थामा राख्न आह्वान

    १४ फाल्गुन, काठमाडौँ । निर्वाचन आयोगले अस्पताल तथा स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी तयारी अवस्थामा राख्न आह्वान गरेको छ ।

    आयोले तीन दिनका लागि मतदान केन्द्र कायम रहेका शिक्षण संस्था, स्वास्थ्य चौकी, वडा कार्यालय लगायतका सरकारी संरचनाहरू र ती सरकारी संरचनाहरूमा रहेका भौतिक सम्पत्ति उपयोग गर्न गृह मन्त्रालय समक्ष अनुरोध गरेको छ ।

    Advertisement

    मतदानको प्रक्रियालाई व्यवस्थित रुपमा सञ्चालन गर्न/गराउनका लागि तहगत सरकार र सरोकारवाला सँगको सहकार्यको अवधारण अनुरुप आयोगले मतदान केन्द्र कायम रहेका शिक्षण संस्था, स्वास्थ्य चौकी, वडा कार्यालय लगायतका सरकारी संरचनाहरू र ती सरकारी संरचनाहरूमा रहेका भौतिक सम्पत्ति फाल्गुन १९ गते मंगलबारदेखि फाल्गुन २१ गते बिहीबार सम्म तीन दिनका लागि उपयोग गर्न सक्नेगरी व्यवस्था मिलाउन सम्बन्धित मन्त्रालय र स्थानीय तहमा पत्राचार एवम् समन्वयका लागि नेपाल सरकारलाई अनुरोध गरेको र गृह मन्त्रालयबाट सम्बन्धित निकायमा पत्राचार समेत भइसकेको छ ।

    प्रतिनिधि सभा सदस्य निर्वाचनमा सबै मतदान केन्द्रमा खटिने कर्मचारी, सुरक्षाकर्मी तथा मतदान गर्न आउने मतदातालाई आवश्यक पर्न सक्ने आकस्मिक स्वास्थ्य सहायता सेवा सम्बन्धित मतदान स्थलमा उपलब्ध गराउने व्यवस्था मिलाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै स्थानीय तहमा लेखी पठाइएको आयोगले जनाएको हो ।

    Advertisement

    साथै अत्यावश्यक तथा आपतकालीन उपचार सेवा उपलब्ध गराउन सक्नेगरी देशभरका अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा चिकित्सक, स्वास्थ्यकर्मी र औषधि तयारी अवस्थामा राख्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा लेखी पठाइएको समेत जानकारी आयोगले गराएको छ ।

    आयोगबाट भएको निर्णय र पत्राचार बमोजिमका आवश्यक सहयोगको व्यवस्था मिलाउन नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह तथा सबै सरोकारवाला निकायलाई निर्वाचन आयोगले आग्रह समेत गरेको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »