६ पुष, बाँके । नरैनापुरमा सातौं अध्यक्ष कप तथा राष्ट्रियपति रनिङ शिल्ड प्रतियोगिता आजबाट सुरु भएको छ । २०७६ साल देखि निरन्तर रुपमा सञ्चालन हुँदै आएको उक्त प्रतियोगिता आज एक कार्यक्रम बीच नरैनापुर गाँउपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले गरेका हुन ।
नरैनापुर गाँउपालिका अर्न्तगत शिक्षा शाखाको आयोजना र श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय, वडा नं. ३ शंकरनगरकोटिया, नरैनापुरको सह–आयोजनामा पौष ६ गते देखि पौष ८ गते सम्म प्रतियोगिता सञ्चालन रह्ने छ ।
Advertisement
१० लाख बजेटमा हुन लागेकाे उक्त प्रतियोगितामा नरैनापुर गाँउपालिका अर्न्तगत सञ्चालनमा रहेका अधारभूत तह कक्षा ८ सम्मका ६ वटा विद्यालय, एक वटा मदरसा र ४ वटा माध्यमिक विद्यालय गरी जम्म ११ वटा विद्यालय सहभागी रहेका गाँउपालिकाको शिक्षा शाखाले जनाएको हो ।
प्रतियोगितालाई आधारभूत र माध्यमिक तहमा विभाजन गरेर सञ्चालन गरिएको हो । जसमा आधारभूत तहमा ४ वटा खेल र मार्चपास गरी ५ वटा इभेन्ट समावेश गरिएको छ । यसमा १०० मिटर दौड, २०० मिटर दौड ४×१०० मिटर रिले, लङ्ग जम्प खेलइभेन्ट छन् ।
Advertisement
यस्तै, माध्यमिक तह तर्फ प्रतियोगिता सञ्चालन निर्देशिका २०७० को ५औं संशोधन बमोजिम ४ वटा माध्यमिक विद्यालयले प्रतिस्पर्धा गर्ने र जसमा मार्चपास सहित निर्देशिकाको अनुसूची ४ मा रहेको खेलहरु समावेश गरिएको आयोजकले जनाएको हो । भलिबलमा ४ वटा विद्यालयबाट ७२ जना खेलाडीहरु रहेका छन् । माध्यमिक तर्फ एक सय ४८ जना छात्र र एक सय ४८ जना छात्राहरु गरी दुई सय ९६ जना रहेका छन् ।
नरैनापुरका ११ वटा विद्यालयबाट ७६ जना छात्र र ७६ जना छात्रा गरी एक सय ५४ जना प्रतिस्पर्धीले खेल खेल्ने छन् ।
Advertisement
आधारभूत प्रतियोगितमा पदक प्राप्त गर्ने १४ जनालाई प्रथम, १४ जना द्वितीय र १४ जना तृतीय गरी ४२ जना छनोट गरिने आयोजकले जनाएको छ ।
यस्तै, माध्यमिक तर्फ ७४ जना प्रथम स्वर्ण पदक, ७४ जना रजत पदक र ७४ जना कास्य पदक गरी दुई सय २२ जनाले पदक प्राप्त गर्नेछन् ।
Advertisement
उक्त प्रतियोगितमा प्रथम हुने विद्यार्थीलाई ट्रय्क सूट, प्रमाणपत्र र मेडल सहित सम्मान गरिनेछ । यस्तै, द्वितीयलाई स्कूल ब्याग, प्रमाणपत्र र मेडल, तृतीय स्थान हासिल गर्नेलाई स्कूल ड्रेस, मेडल र प्रमाणपत्र उपलब्ध गराइने बताइएको छ ।



















टिप्पणीहरू