प्रहलाद विश्वर्मा
६ पौष, बाँके । नेपाल रेडक्रस सोसाइटीको विधान संशोधनका लागि सुझाव संकलन कार्यशाला नेपालगंजमा आइतवार सुरु भएको छ ।
कार्यशालामा नेपाल रेडक्रस सोसाइटी लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश त्यस अर्न्तगतका ३१ जिल्ला शाखाका प्रतिनिधिहरुको सहभागिता रहेको छ ।
Advertisement
विधान प्रस्तावित मस्यौदा १८औं संशोधन, २०८२ को लागि २ दिनसम्म संचालन हुने उक्त कार्यशालामा प्रस्ताव गरिएको विधानको मस्यौदा माथि छलफल गरी आगामी विधान संशोधन महाअधिवेशनबाट परित गरिने योजना रहेको छ ।

Advertisement
नेपाल रेडक्रस सोसाइटी तदर्थ समितिका अध्यक्ष विनोद कुमार शर्माले रेडक्रसको विधान संशोधन र निर्वाचन गरेर निर्वाचित कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरण गर्ने तदर्थ समितिको मुख्य उद्देश्य रहेको बताउँदै नेपाल सरकार, रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरुको अन्तराष्ट्रिय महासंघ (आई.एफ.आर.सी.) संयुक्त विधान आयोग र अनुपालन तथा मध्यस्थता समिति (सि.एम.सी.) ले दिएको सुझावलाई आत्मसाथ गरी कार्यशालावाट प्राप्त सुझावका आधारमा विधान संशोधन गर्ने उल्लेख गरे ।
जिल्ला नेपाल रेडक्रस सोसाइटी बाँकेका सभापति गोवर्धन सिंह सम्झनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेरेसो केन्द्रीय तर्दथ समितिका महामन्त्री मीनबहादुर मल्लले कार्यशालाको उद्धेश्य माथि प्रकाश पारेका थिए ।
Advertisement
नेरेसो लुम्बिनी प्रदेश अध्यक्ष लालप्रसाद पंगेनी, कर्णाली प्रदेश अध्यक्ष लिलाराम सुवेदी र सुदूरपश्चिमका अध्यक्ष दिलबहादुर बुढा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै संस्थालाई पहिला कै अवस्थामा फकाउन सबैको सहयोग समन्वय र सहकार्य गर्ने प्रतिवद्धता जाहेर गरेका थिए ।



















टिप्पणीहरू