Close sidebar
  • ताजा
  • लोकप्रिय
  • गोरखापत्रकर्मी गोविन्द शर्मा माथि बाँके प्रजिअद्वारा दुर्व्यवहार

    ५ असोज, बाँके । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सचिव एवम् गोरखापत्र राष्ट्रिय दैनिकमा कार्यरत गोविन्द शर्मा माथि रिपोर्टिङको क्रममा असोज ५ गते आइतबार जिल्ला प्रशासन कार्यालय बाँके परिसरमा भएको दुर्व्यवहार प्रति नेपाल पत्रकार महासंघ बाँके शाखाको ध्यानाकर्षण भएको छ ।

    जेन–जी आन्दोलनमा भदौ २४ गते आगजनी गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेको पछिल्लो अवस्थाबारे रिपोर्टिङका क्रममा तस्विर लिन खोज्दा बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले अनुमति नलिएर किन तस्बिर लिएको भन्दै अस्वभाविक व्यवहार देखाएको घटनाले आफूलाई असुरक्षित महसुस गराएको बाँके शाखाका साधारण सदस्य समेत रहेका शर्माले जानकारी गराएको महासंघले विज्ञप्ति मार्फत जनाएको छ ।

    Advertisement

    शर्माले महासंघलाई दिएको जानकारी अनुसार परिचय दिँदादिँदै पनि प्रमुख जिल्ला अधिकारी जोशीले सुरक्षाकर्मीलाई के हेरेर बसेको भनेर निर्देशन गरेका थिए । शर्माले स्वतन्त्र पत्रकारितामा अवरोध गरेको र आफूलाई आतंंकित बनाएको महसुस भएको बताएका छन् ।

    Advertisement

    नेपाल पत्रकार महासंघ बाँके शाखा उक्त घटनाप्रति खेद व्यक्त गर्दै आगामी दिनमा यस्ता घटनाको पुनरावृत्ति नहोस् भन्नेतर्फ ध्यानाकर्षण गराएको छ । साथै सञ्चारमैत्री तथा सुरक्षित वातावरण निर्माणका लागि सम्बद्ध सबैमा अपिल समेत गरेको छ ।

    पत्रकारलाई ‘दलाल’को संज्ञा, महासंघद्वारा घोर भत्सर्ना, विवादमा प्रजिअ र एसपी

    Advertisement

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »