Close sidebar
  • ताजा
  • लोकप्रिय
  • पत्रकारलाई ‘दलाल’को संज्ञा, महासंघद्वारा घोर भत्सर्ना, विवादमा प्रजिअ र एसपी

    ६ बैशाखा, बाँके । बाँकेको कोहलपुरबाट प्रकाशित हुने मिसन टुडे राष्ट्रिय दैनिकमा कार्यरत बरिष्ठ संवाददाता शुभार विश्वकर्मा माथि बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले लगाएका लाञ्छना र प्रयोग गरेका अपशब्द प्रति नेपाल पत्रकार महासंघ बाँके शाखाको गम्भीर ध्यानाकर्षण भएको छ ।

    एक जना व्यक्तिले नागरिकता नपाएको विषयमा समाचार संकलन हेतु प्रमुख जिल्ला अधिकारीलाई वैशाख ५ गते शुक्रबार दिउँसो फोन सम्पर्क गर्दा पत्रकार विश्वकर्मा माथि प्रजिअ जोशीले घोर आपत्तिजनक शब्द प्रयोग गर्नु सिंगो पत्रकारिताको शाख र स्वाभिमान माथिको प्रहार भएको छ ।
    पत्रकार विश्वकर्माले महासंघलाई घटना लगत्तै नेपाल पत्रकार महासंघ बाँके शाखा समक्ष आवश्यक सहयोग र ज्यानको सुरक्षा सम्बन्धि निवेदन दिएका थिए ।

    Advertisement

    पत्रकार विश्वकर्माले महासंघलाई लिखितरूपमा गराएको जानकारी अनुसार प्रमुख जिल्ला अधिकारीलाई समाचारका विषयमा सोधिरहँदा किन दलाल भन्नुभयो भन्दा ‘नागरिकताको लागि फोन गर्नेलाई म दलाल नै सम्झिन्छु’ भन्ने जस्तो अत्यन्तै गैरजिम्मेवार र गैरजवाफदेही अभिव्यक्ति दिएका थिए ।

    प्रजिअ जोशीको यस हर्कतले पत्रकारहरूको प्रश्न गर्न पाउने अधिकार, सूचना पाउने अधिकारलाई कुण्ठित बनाउने कुचेष्टा गरेको छ ।

    Advertisement

    यत्ति मात्रै होइन ! प्रमुख जिल्ला अधिकारी सँगको संवाद लगत्तै बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) तुलबहादुर कार्कीले फोन गरेर प्रमुख जिल्ला अधिकारीलाई फोन गरेको विषयमा केरकार समेत गरेका छन् । उनले प्राप्त गरेको शक्तिको गम्भीर दुरुपयोग गरेका छन् ।

    उक्त घटनाले स्वतन्त्र, निष्पक्ष र मर्यादित पत्रकारितालाई हतोत्साहित गरेको छ । जिल्लाकै प्रशासन प्रमुखबाट यस प्रकारको दुर्व्यवहार हुनुले सिंगो पत्रकारिता जगतलाई झस्काएको महासंघले ठहर गरेको छ ।

    Advertisement

    महासंघ पत्रकारहरूको व्यक्तिगत सँगै पेशागत सुरक्षाका लागि सम्बन्धित सबै सरोकारवालाको गम्भीर ध्यानाकर्षण गराउँदै प्रमुख जिल्ला अधिकारीको पत्रकार र मिडिया जगतप्रतिको स्पष्ट धारणा यथाशीघ्र माग गरेको सचिव कृष्ण ओलीले जानकारी गराए ।

    यसो नगरे पत्रकार महासंघ बाँके शाखा थप कदम चाल्न बाध्य हुने प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई अवगत गराएको छ ।

    Advertisement

    प्रमुख जिल्ला अधिकारी बाँकेमा आए लगत्तै पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै विदेशमा अध्ययेन गर्ने क्रममा मिडिया सम्बन्धि विषय समेत अध्ययेन गरेको हुनले आफु समेत मिडिया क्षेत्रलाई सूचनाको हकमा निरास नगर्ने बताए पनि उनले शुक्रबार पत्रकारलाई दिएको अभिव्यक्तिले पत्रकारहरूको प्रश्न गर्न पाउने अधिकार, सूचना पाउने अधिकारलाई कुण्ठित बनाउने कुचेष्टा गरेका छन् ।

    अझ बाँकेका एसपी तुलबहादुर कार्कीले पत्रकारलाई फोन गरेर प्रमुख जिल्ला अधिकारीलाई फोन गरेको विषयमा केरकार गर्नु पत्रकारलाई झनै हतोत्साहित बनाएको छ ।

    यति बेला पदको दुरुपयोग गर्ने बाँकेका प्रजिअ र एसपी विरुद्ध चौतर्फी आलोचनाका साथै उनीहरुलाई कारवाहीको दायरमा ल्याउन माग समेत भईरहेको छ । बाँकेका समग्र पत्रकार तथा उनीहरुको छाता संघसंगठनले जिल्लाका प्रमुख पदमा बसेका दुई अधिकारी संग पत्रकार र मिडिया जगतप्रतिको स्पष्ट धारणा यथाशीघ्र गम्भिर रुपमा माग गरिरहेका छन् । जसका कारण उनीहरु विवादित बनेका छन् ।

    महासंघको विज्ञप्ति

    मिसनकर्मी शुभार विश्वकर्माले महासंघलाई दिएको निवेदन

     

    प्रेस सेन्टरद्वारा घटनाको निन्दा

    प्रेस युनियन बाँकेले जारी गरेको विज्ञप्ति

     

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »