Close sidebar
  • ताजा
  • लोकप्रिय
  • सिरहा सवारी दुर्घटनाः एकैदिन दुई जनाको मृत्यु

    राजेन्द्र महतो
    ११ फाल्गुन, सिरहा । सिरहामा सवारी दुर्घटनामा एकैदिन दुई जनाको मृत्यु भएको छ ।

    जिल्लाको दुई छुट्टाछुट्टै ठाउँमा दुर्घटनामा परी सिरहा मिर्चैया नगरपालिका–५ का ५७ वर्षीय अजबलाल साह र सिन्धुली दुधौली नगरपालिका–१४ का २७ वर्षीय मिलन सुनारको मृत्यु भएको हो ।

    Advertisement

    पूर्वपश्चिम राजमार्ग अर्न्तगत सिरहाको धनगढीमाई नगरपालिका–१० स्थित कसहाबाट लहानतर्फ जाँदै गरेको प्र २–०१–००१ ख ०१२१ नम्बरको टिपरले पछाडिबाट प्रदेश २–०३–०१६ प ०८३४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मिर्चैया नगरपालिका–५ का ५७ वर्षीय अजबलाल साहको मृत्यु भएको छ ।

    घटनास्थलमा गम्भीर घाइते भएका साहलाई उपचारका लागि लहानस्थित प्रादेशिक अस्पताल लग्दा अस्पतालले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

    Advertisement

    यस्तै, सिरहा मिर्चैया कटारी सडक अन्तर्गत मिर्चैया नगरपालिका ७ मा विग्रिएर सडकमै रोकी राखेको प्र. २–०१–००१ ख. ००३६ नम्वरकोे ट्रकमा कटारीबाट मिर्चैया तर्फ आईरहेको प्र. ३–०१–०२२ च. ८७६४ नम्वरको पिकप भ्यान ठोकिदा भ्यानका सह–चालक सिन्धुलीको दुधौली नगरपालिका १४ का २७ वर्षिय मिलन सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    चालक दुधौली नगरपालिका १४ कै सागर सुनार भने गम्भीर घाइते भएका छन् । घाइते सागरलाई थप उपचारका लागि विराटनगर पठाइएको प्रहरीले जनाएको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »