Close sidebar
  • ताजा
  • लोकप्रिय
  • करिब १५ किलो लागू औषध चरेश सहित कृष्णनगरबाट तीन जना पक्राउ

    ११ फाल्गुन, कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ यात्रुगेट बाट लगभग पन्द्रा किलो चरेश जस्तो देखिने वस्तु सहित एक पुरूष र दुइ जना महिला पक्राउ परेका छन् ।

    यात्रुगेट हुँदै भारत जान लागेका व्यक्तिहरू कृष्णनगर प्रहरीले चेकजाँच गर्दा पक्राउ परेका हुन ।

    Advertisement

    फाल्गुन १० गते दिउँसो २ बजेको समयमा इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरी बिशेष टोलीले कपिलवस्तुकाे कृष्णनगर नगरपालिका वडा नं.०२ यात्रुगेट स्थितबाट उनीहरू पक्राउ परेका छन्।

    शंकाष्पद रुपमा नेपालबाट भारत तर्फ जाँदै गरेका रोल्पाकाे साविक उवा गा.वि.स. वडा नं.०४ हाल थवाङ गा.पा. वडा नं. ०५ बस्ने वर्ष अन्दाजी ४८ की प्रेम सरी रोका, रुकुम पुर्वकाे भुमे गा.पा. वडा नं.०२ बस्ने बर्ष अन्दाजी २६ कि सरिता पुन मगर र रोल्पा उवा गा.वि.स. वडा नं.०६ जन्म स्थान भई हाल जिल्ला कपिलवस्तु साविक शिबगढी गा.वि.स. वडा नं.०४ हाल शिवराज न.पा. वडा नं.०९ बानियाभार बस्ने बर्ष अन्दाजी ६६ को सुक लाल घर्ती मगर लागु औषध चरेश सहित पक्राउ परेका छन्।

    Advertisement

    उनीहरूलाई रोकेर चेकजाँच गर्दा उनीहरूले सेतो प्लाष्टिकमा पोको पारी सेतो कार्टुन टेपले बेरी पोका बनाई बाहिरबाट सेतो कोरा कपडाले छोपी धागोले सिलाई बेल्ट बनाई कम्बरमा बाँधी लुकाई छिपाई राखेको अवस्थामा पक्राउ परेको इलाका प्रहरी कार्यालय कृष्णनगर का प्रहरी निरिक्षक सुरज खत्रीले जानकारी दिए।

    प्रेम सरी रोकाको साथबाट लागु औषध चरेस जस्तो देखिने चिजवस्तु शुद्ध तौल ०५ किलोग्राम ९६८ ग्राम, Infinix कम्पनीको मोबाईल, सरिता पुन मगरको साथबाट लागु औषध (चरेस) जस्तो देखिने चिजवस्तुको शुद्ध तौल ०५ किलोग्राम ६७८ ग्राम, POCO कम्पनीको मोबाईल, सुक लाल घर्ती मगरको साथबाट लागु औषध चरेस जस्तो देखिने चिजवस्तुको शुद्ध तौल ०३ किलोग्राम १२८ ग्राम, itel कम्पनीको मोबाईल थान १  गरी तिनै जनाको साथबाट कुल जम्मा १४ किलोग्राम, ७७४ ग्राम लागु औषध चरेस जस्तो देखिने चिजवस्तु, मोबाईल फोन थान ३ फेला पारी रित पुर्वक बरामद भएको छ।

    Advertisement

    प्रेम सरी रोका, सरिता पुन मगर र सुक लाल घर्ती मगरलाई रित पुर्वक पक्राउ गरी सम्मानित कपिलवस्तु जिल्ला अदालतबाट दश दिनको म्याद थप भई अनुसन्धान  भइरहेको इलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »