Close sidebar
  • ताजा
  • लोकप्रिय
  • मनसुन देशभर फैलियो, अधिकांस स्थानमा वर्षा

    प्रतिकात्मक तस्बिर

    ११ असार, काठमाडौँ । मनसुन प्रणाली देश भर फैलिएको छ । मनसुन देशभर फैलिएपनि पूणर्रुपमा सक्रिय हुन अझै केही दिन लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    दुई साता अघि पूर्वबाट नेपाल प्रवेश गरेको मनसुन देश भर फैलिन करिब १५ दिन लागेको छ । नेपालमा यस वर्षको मनसुन औसत मिति भन्दा तीन दिन छिटो प्रवेश गरेपनि देश भर फैलन भने समय लागेको हो ।

    Advertisement

    कोशी, मधेस,बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक देखि साधारणतया बदली भएको छ ।

    कोशी, बागमती र कणर्ाली प्रदेशका साथै गण्डकी र लुम्बिनीका एक-दुई स्थानमा मेघ गर्जनसहित हल्का देखि मध्यम वर्षा भइरहेको महाशाखाले उल्लेख गरेको छ ।

    Advertisement

    आज राती देशभर आंशिक देखि साधारणतया बदली रहने विभागले जनाएको छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानका साथै कणर्ाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »