Close sidebar
  • ताजा
  • लोकप्रिय
  • पार्टी बलियो बनाऔं, भविष्य उज्यालो छः महासचिव पोखरेल

    ११ असार, काठमाडौँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टी अहिले पनि चुनौतीकै बीचमा अगाडि बढिरहेको र भविष्य उज्यालो रहेको बताएका छन ।

    नेकपा (एमाले) काभ्रेपलान्चोक जिल्ला कमिटीको ११औं अधिवेशनबाट निर्वाचित जिल्ला कमिटीसदस्यहरूको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले राष्ट्रिय राजनीतिका सन्दर्भमा पार्टी अहिले पनि अप्ठेरो स्थितिमा रहेको बताएका हुन ।

    Advertisement

    ‘पार्टी चुनौतीकै बीचमा छ तर पार्टीको भविष्य चाहिँ उज्यालो छ, राष्ट्रलाई सही दिशा दिन सक्ने सामथ्र्य कसैसँग छ भने त्यो नेकपा (एमाले)सँग छ’, महासचिव पोखरेलले भने ।

    २०७९ सालको निर्वाचन एमालेका लागि त्यति सुखद नरहेको र विशेष गरी बाग्मती प्रदेशको निर्वाचन परिणाम अत्यन्त निराशाजनक रहेको यथार्थ स्मरण गराउँदै उहाँले बाग्मती प्रदेशमा माओवादीसँग मिल्दा पनि सरकार बनाउन नसक्ने अवस्था आउनु पार्टीका लागि गम्भीर चुनौती हो भन्ने कुरा आत्मसात् गर्नुपर्ने बताए । सर्वत्र घेराबन्दीको कारण यो स्थिति आएको भए पनि पार्टी बलियो बनाउन आन्तरिक एकता आवश्यकता रहेको उनले बताए ।

    Advertisement

    चौतर्फी घेराबन्दी र पार्टी फुटको अवस्थाबाट एमाले छोटो समयमा नै माथि उठेको बताउँदै महासचिव पोखरेलले पार्टी यात्रालाई अगाडि बढाउन सबै लाग्नुपर्ने बताए ।

    उनले भने, ‘अबको हाम्रो यात्रा पछाडि सर्ने होइन, अगाडि बढ्ने यात्रा हो, चुनौती अवश्य छन्, तर हाम्रो पार्टी सङ्कटको होइन, उज्यालो भविष्यतर्फको यात्रामा छ ।’

    Advertisement

    २०७९ सालको निर्वाचनपछि एमालेले पार्टीको सङ्गठनात्मक कामको ‘होलबडि चेकअप’ गरेको र यसबाट पार्टीको समस्या पहिचान भएको र त्यसलाई सम्बोधन गर्ने काममा एमाले लागेको उनले प्रष्ट पारे ।

    पार्टीको आन्तरिक एकताको कामका लागि एकबर्षका लागि जिल्ला इन्चार्ज अन्य जिल्लाको नेतालाई पठाइएको र अब आफ्नै जिल्लाको नेता इन्चार्ज पठाउने तयारी भइरहेको महासचिव पोखरेलले जानकारी दिए ।

    Advertisement

    जनताको अविश्वासले भन्दा पनि पार्टीभित्र उत्पन्न मतभेदले निर्वाचन परिणाम तल माथि हुने गरेको स्पष्ट पार्दै उनले पार्टीको आन्तरिक जीवनलाई व्यवस्थित गर्न सकिएन भने पार्टी सफल हुन नसक्ने बताए ।

    अहिले पार्टीको प्रमुख समस्या भनेकै सङ्गठनात्मक अराजकता र दक्षिणपन्थी अवसरवाद भएको र यही नै पार्टी निर्माणमा देखिएको प्रमुख चुनौती भएको महासचिव पोखरेलले प्रष्ट पारे ।

    कुनै पनि मानिस सही हिसाबले वैचारिक र संगठनात्मक काममा लागेन भने दक्षिणपन्थी अवसरवाद जन्मिने भएकाले राजनीतिक रूपमा पार्टीका नेता, कार्यकर्ता प्रशिक्षित हुनुपर्नेमा उनले जोड दिए ।

    उनले नेकपा कालमा पार्टीको जीवन सङ्गठनात्मक शून्य अवस्थामा रहेको हुँदा सङ्गठनात्मक अराजकता र दक्षिणपन्थी अवसरवाद मौलाएको प्रष्ट पारे ।

    महासचिव पोखरेलले राजनीति परिवर्तन समाज परिवर्तनको आधार मात्र भएको तर राजनीतिक क्रान्तिलाई नै लक्ष मानेर त्यसको लाभ खोज्दा अहिलेको अवस्था आएको विचार व्यक्त गरे ।

    ‘हाम्री क्रान्तिका च्याम्पियन बन्यौं तर सामाजिक रूपान्तरणमा सफल हुनसकेका छैनौं’ उनले भने ।

    राजनीतिक क्रान्तिको काम सकिएकाले अब आर्थिक, सामाजिक परिवर्तनको क्रान्तिमा लाग्नुपर्ने उनले बताए ।

    राजनीतिक अस्थिरताका कारण सामाजिक परिवर्तनमा आशातीत सफलता प्राप्त हुन नसकेको भन्दै महासचिव पोखरेलले राजनीतिक स्थिरताको लागि बलियो राजनीतिक शक्ति आवश्यक पर्ने र त्यो शक्ति नेकपा (एमाले) मात्र बन्न सक्ने बताए ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »