Close sidebar
  • ताजा
  • लोकप्रिय
  • कृषि दशकैमा मलखाद्यमा अनुदान कटौती र पाईरहेको छैनः धवल शम्शेर राणा

    २९ जेठ, बाँके । कृषि दशकैमा मलखाद्य अनुदान कटौती भएको बाँके क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य धवल शम्शेर राणाले बताएका छन ।

    प्रतिनिधि सभामा आज बोल्दै राणाले बजेटमा पनि सरकारको नीति तथा कार्यक्रममा पनि कृषि दशक भनिएको भएपनि कृषि दशकैमा मलखाद्य अनुदान कटौती भएको र मलखाद्य नपाएको अवस्था रहेको बताएका छन ।

    Advertisement

    यूरिया, डिएपी र पोटासको फ्याक्ट्री बनाउने कुनै जिकिर नै नरहेको सभामा ध्यानाकर्षण गराए ।

    उनले भने, ‘अनुदान पनि सबै भ्रष्टचार भएको छ । उत्पादनमा अनुदान दिन पर्ने आवश्यकता छ र विद्युत महसुल जुन कृषि मिटरमा लाग्छ त्यो माछा पालन र पोल्ट्री फार्मलाई पनि दिनपर्ने आवश्यकता छ ।’

    Advertisement

    उनले थप भने, ‘प्रहरी सेवामा एसएसपीको बढुवाको कुरा धेरै चर्चामा आएको छ । कनिष्टलाई बरिष्ठ, बरिष्ठलाई कनिष्ट बनाउने कामहरु भईरहेको छ ।’

    उनले यस्तो भयो भने प्रहरी सेवामा प्रहरीहरुको मनोबल घट्ने र देशको हितको लागि ठिक नहुने बताए ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »