Close sidebar
  • ताजा
  • लोकप्रिय
  • मधेशको मुख्यमन्त्रीमा जनमतका सांसद सतिशकुमार सिंहको दाबी पेस

    फाइल तस्बिर

    २५ जेठ, काठमाडौँ । मधेश प्रदेशको मुख्यमन्त्रीमा जनमत पार्टीका सांसद सतिशकुमार सिंहले दाबी पेस गरेका छन । शुक्रबार बिहान मधेश प्रदेशसभामा प्रतिनिधित्व गर्ने बिभिन्न ६ राजनीतिक दलले सिंहलाई मुख्यमन्त्रीमा नियुक्तिका लागि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीसमक्ष दाबी पेस गरेका हुन् ।

    नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको समर्थनमा उनले दाबी पेस गरेका हुन् ।

    Advertisement

    नेता सिंहसँगै एमाले संसदीय दलका नेता सरोज यादव, माओवादी केन्द्रका संसदीय दलका भरतप्रसाद साह, जनमत पार्टीका संसदीय दलका नेता महेश यादव, एकीकृत समाजवादी संसदीय दलका नेता गोविन्दबहादुर न्यौपानेले प्रदेश प्रमुखसमक्ष दाबीपत्र पेस गरेका हुन् ।

    प्रदेश प्रमुखसमक्ष पेस गरिएको दाबीमा सिंहलाई एमालेका २४, जनमतका १३, माओवादी केन्द्रका ९, एकीकृत समाजवादीका ७, नागरिक उन्मुक्ति पार्टीका १ र नेपाल सङ्घीय समाजवादी पाटीका १ सहित ५५ जना सांसदको समर्थन रहेको छ ।

    Advertisement

    जनता समाजवादी पार्टी (जसपा)नेपाल नेतृत्वका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार प्रदेशसभाबाट विश्वासको मत नपाएपछि प्रदेशप्रमुख सुमित्रा भण्डारीले नयाँ सरकार गठनका लागि दलहरूलाई दाबी पेस गर्न आह्वान गरेका थिए। प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गर्न शुक्रबार बिहान १० बजेसम्मको समय दिएका थिए ।

    हाल १०६ जना प्रदेशसभा सदस्य रहेको मधेसमा बहुमतका लागि ५४ जना प्रदेशसभा सदस्यको समर्थनको आवश्यक छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »